हालै ओमानमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेको हेरेका क्रिकेट प्रेमीको प्रतीक्षामा रहेको अर्को प्रतियोगिता हो एभरेष्ट प्रिमियर लिग (ईपीएल)।
नेपाली खेलाडीसंगै विदेशी स्टार खेलाडीहरुको जमघट हुने ईपीएलको चौथो संस्करण यही असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । २०२० को मार्च अर्थात २०७६ साल चैतमै चौथो संस्करण आयोजना गर्ने भनिएपनि कोरोना महामारीले गर्दा इपीएल स्थगित भएको थियो ।
सहभागी फ्रेन्चाइजहरुले प्रतियोगिताको आन्तरिक तयारी गरिसकेका छन् । ईपीएलमा आकर्षणको केन्द्रविन्दुको रुपमा रहेका विदेशी खेलाडीको अनुबन्ध प्रक्रिया समेत लगभग सबै टिमले गरिरहेका छन् ।
आयोजकका अनुसार ईपीएलका ६ वटै फ्रेन्चाइज क्लबले ३ विदेशी खेलाडी अनिवार्य टिममा राख्नुपर्नेछ । ईपीएलमा खेल्न आउने विदेशी खेलाडीको नामले धेरै नै चर्चा पाएको छ । यस पटक पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी देखि बंगलादेशका सफल ब्याट्सम्यान तमिल इक्वालसम्म ईपीएल खेल्न आउँदैछन् ।
फ्रेन्चाइजहरुले अष्ट्रेलियादेखि इंग्ल्याण्डसम्मका टी-२० का चर्चित खेलाडीहरु ल्याउने प्रयास गरेपनि आइतबारदेखि युएईमा सुरु भएको आईपीएल २०२१ को दोस्रो लेग र आउँदै गरेको आईसीसी टी-२० विश्वकपका कारण सम्भव हुन सकेन ।
त्यसैले टी-२० विश्वकप खेल्ने टिममा नपरेका धेरै खेलाडी नेपाल आउँदैछन् । अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएई र ओमानमा टी-२० विश्वकप आयोजना हुँदैछ । तर विश्वकप खेल्ने टिममा परेका अफगानिस्तानका तीन खेलाडी भने ईपीएलमा अनुबन्ध भएका छन् र नेपाल आउँदैछन् ।
जसमा मोहम्मद साहाजाद र करिम जन्नत चितवन टाइगर्सबाट खेल्ने छन् भने रहमानुलल्ह गुर्बाज काठमाडौं किंग्स ११ मा अनुबन्ध भएका छन् । यसैगरी यस पटक मलेसिया, सिंगापुर र भुटानका खेलाडी समेत ईपीएल खेल्न आउँदैछन् ।
अहिलेसम्म ६ टिमले गरी कूल २४ विदेशी खेलाडी अनुबन्धित छन् । ईपीएलमा प्रतिस्पर्धा गर्ने ६ वटै फ्रेन्चाइज सकेसम्म स्टार विदेशी खेलाडी राख्ने होडमा छन् ।
समय जुधेकाले धेरै उत्कृष्ट खेलाडी आईपीएल खेल्न गएका छन् । तैपनि टेष्ट मान्यता प्राप्त राष्ट्र श्रीलंकाबाट मात्रै ८ खेलाडी आईपीएल खेल्न आउँदैछन् । जसमा राष्ट्रिय टिमका पूर्व ओपनर उपुल थरंगादेखि अहिलेका स्टार असेला गुनारत्ने सम्म छन् ।
चितवनले अहिलेसम्म ५ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । जसमा साहाजाद र करिम जन्नतसंगै श्रीलंकाका सेकुगे प्रसन्ना, पाकिस्तानका डानिस अजिज र मलेसियाका भिरनदीप सिंह छन् ।
यस्तै साविक विजेता तथा राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानी रहेको ललितपुर प्याट्रिओट्सले श्रीलंकाका ओसादा फर्नान्डो र सन्दुन विराकोडी, अफगानिस्तानका ओमारजाई र भुटानमा मिक्योङ दोर्जीलाई अनुबन्ध गरेको छ ।
साविक उपविजेता भैरहवा ग्लाडिएटर्सले श्रीलंकन उपुल थरंगा र धम्मिका प्रसादसंगै बंगलादेशका तमिम इक्वाल र मलेसियाका सर्भिन मुनिएन्डीलाई अनुबन्ध गरेको छ ।
पोखराले टेष्ट राष्ट्र वेष्ट इन्डिजबाट केसरिक विलियम्स र दक्षिण अफ्रिकाका रिचर्ड लेभीलाई अनुबन्ध गरेको छ । यसैगरी श्रीलंकन असेला गुनारत्ने र साहान अरासिगेलाई पनि पोखराले अनुबन्ध गरेको छ ।
यसैगगरी एक पटकको विजेता विराटनगर वारियर्सले जिम्बाव्वेका अलराउण्डर सिकन्दरराजा, वेष्ट इन्डिजमा हेमराज चन्द्रपउल, क्यानडाका रेयानखान पठान र श्रीलंकाका दिल्सान मुनाविरालाई अनुबन्ध गरेको छ ।
काठमाडौंलै शाहीद अफ्रिदी र गुर्बाजसंगै सिंगापुरका जनक प्रकाशलाई पनि अनुबन्ध गरेको छ ।
अहिलेसम्म भैरहवाले अनुबन्ध गरेका श्रीलंकाका दिनेश चन्डिमाल र ललितपुरले अनुबन्ध गरेको इंग्ल्याण्डका एलेक्स ब्लेक भने नआउने भएका छन् ।
आयोजक ईपीएल प्रालिका म्यानेजिङ डिरेक्टर आमिर अख्तरले विदेशी स्टार खेलाडीको आगमनले ईपीएलको दायरा अझै ठूलो हुने र नेपालको पर्यटनमा समेत यसले सहयोग पुग्ने बताउँदै आएका छन् ।
विश्वका विभिन्न लिगमा खेलिसकेका, टी-२० विश्वकप खेलेका देखि पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा छनोट भएकाहरुसम्म यस पटक ईपीएल खेल्न नेपाल आउँदैछन् ।
अहिलेसम्म घोषणा भएका विदेशी खेलाडी
ललितपुर प्याट्रिओट्स
ओशादा पर्नान्डो : श्रीलंका
अजमतुल्लाह ओमारजाई : अफगानिस्तान
सन्दुन विराकोडी : श्रीलंका
मिक्यो दोर्जी : भुटान
भैरहवा ग्लाडिएटर्स
उपुल थरंगा : श्रीलंका
धम्मिका प्रसाद : श्रीलंका
तमिम इक्वाल : बंगलादेश
सर्विन मुनिएन्डी : मलेसिया
पोखरा राइनोज
रिचर्ड लेभी : दक्षिण अफ्रिका
केसरिक विलियम्स : वेष्ट इन्डिज
असेला गुनारत्ने : श्रीलंका
साहान अराससिगे : श्रीलंका
काठमाडौं किंग्स ११
शाहिद अफ्रिदी : पाकिस्तान
जनक प्रकाश : सिंगापुर
रहमानुल्लाह गुर्बाज : अफगानिस्तान
चितवन टाइगर्स
मोहम्मद साहाजाद : अफगानिस्तान
करिम जन्नत : अफगानिस्तान
डानिस अजिजत : पाकिस्तान
सेकुगे प्रसन्न : श्रीलंका
भिरनदिप सिंह : मलेसिया
विराटनगर वारियर्स
सिकन्दर राजा : जिम्बाव्वे
रेयानखान पठान : क्यानडा
चन्द्रपउल हेमराज : वेष्ट इन्डिज
दिल्सान मुनाविरा : श्रीलंका
कुन देशका कति खेलाडी ?
श्रीलंका : ८
अफगानिस्तान : ४
वेष्ट इन्डिज : २
पाकिस्तान : २
मलेसिया : २
दक्षिण अफ्रिका : १
बंगलादेश : १
जिम्बाव्वे : १
सिंगापुर : १
क्यानडा : १
भुटान : १
3silesia
2indicated
uk dissertation writing help online https://professionaldissertationwriting.org/
dissertation abstract example https://professionaldissertationwriting.com/
ma dissertation writing service https://helpwithdissertationwritinglondon.com/
statistics help for dissertation https://accountingdissertationhelp.com/
custom dissertation writing https://examplesofdissertation.com/
powerpoint for creative writing https://writing-a-dissertation.net/
dissertation vs thesis https://bestdissertationwritingservice.net/
help dissertation thesis advice https://businessdissertationhelp.com/
premium dissertation writing service https://customdissertationwritinghelp.com/
help with dissertations https://writingadissertationproposal.com/
dissertation data analysis help https://dissertationhelpspecialist.com/
mba dissertation help https://dissertationhelperhub.com/
bestdissertation https://customthesiswritingservices.com/
island view casino online https://download-casino-slots.com/
mgm casino online michigan https://firstonlinecasino.org/
caesar casino online https://onlinecasinofortunes.com/
borgata online casino promo code https://newlasvegascasinos.com/
gta online casino car https://trust-online-casino.com/
best real money online casino https://onlinecasinosdirectory.org/
online casino no deposits https://9lineslotscasino.com/
foxwoods casino online https://free-online-casinos.net/
online pa casino https://internet-casinos-online.net/
top casino online https://cybertimeonlinecasino.com/
real cash online casino https://1freeslotscasino.com/
playnet fun online casino https://vrgamescasino.com/
nj online casino promo codes https://casino-online-roulette.com/
online casino usa no deposit bonus https://casino-online-jackpot.com/
riversweeps online casino sign up https://onlineplayerscasino.com/
top casino online https://ownonlinecasino.com/
online casino with sign up bonus https://all-online-casino-games.com/
online casino virginia https://casino8online.com/
best free vpn for mobile https://freevpnconnection.com/
vpn for mac https://shiva-vpn.com/
buy uk vpn https://freehostingvpn.com/
free vpn for ubuntu https://ippowervpn.net/
business class vpn https://imfreevpn.net/
what is vpn https://free-vpn-proxy.com/
vpn free download for pc https://rsvpnorthvalley.com/