ताजा समाचार
Home / Headline / च्याम्पियन्स लिग : सिटीको शानदार जित

च्याम्पियन्स लिग : सिटीको शानदार जित

इंग्लिस क्लब म्यानचेष्टर सिटीले यूईएफए च्याम्पियन्स लिगमा शानदार जित हासिल गरेको छ । समूह ए अन्तर्गत बुधबार राति भएको खेलमा सिटीले जर्मन क्लब आरबी लाइपजिगलाई ६-३ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा सिटीका लागि नाथन एके, रियाद महारेज, ज्याक ग्रिलिस, जाओ कान्सेलो र गाब्रीएल जेससले उक एक गोल गरे । लाइपजिगका नोर्दी मुकिएलेलेल आत्मघाती गोल उपहार दिएका थिए ।

लाइपिजगका लागि क्रिस्टोफर एनकुन्कुले ह्याट्रिक गरेपनि हार टार्न पर्याप्त बने ।

लाइपिजगका एन्जेलिनो ७९औं मिनेटमा रातो कार्ड पाउदै मैदान बाहिरिएका थिए ।

Check Also

इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका 

इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा ...

Comments are closed.