नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गर्नेलाई कारवाहि गर्ने भएको छ। केन्द्रिय बैंकले बिहीबार एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग र माइनिङ गैरकानुनी भएकोले त्यस्ता कार्य गर्नेलाई कारवाहि गर्ने जनाएको छ।
नेपालमा कुनै पनि प्रकारको क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग वा माइनिङ गैरकानूनी रहेकोले यस्ता प्रकारका क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग वा माइनिङ सम्बन्धि कार्य नगर्न सूचित गरेको हो।
क्रिप्टोकरेन्सीको कारोबार गरेको पाइएमा विदेशी मुद्रा विनिमय ऐन अनुसार कारवाही गर्ने केन्द्रिय बैंकले जनाएको छ।