ताजा समाचार
Home / Headline / ५ प्रतिशत घटेपछि नेप्सेमा लाग्यो सर्किट ब्रेक, बजार ४० मिनेटको लागि बन्द

५ प्रतिशत घटेपछि नेप्सेमा लाग्यो सर्किट ब्रेक, बजार ४० मिनेटको लागि बन्द

साताको पहिलो कारोबार दिन नेप्सेमा नकारात्मक सर्किट ब्रेक लागेको छ। यस दिन बजार खुलेको २ घण्टा बित्न ५ सेकेन्ड बाँकी नेप्से ५.०३ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको हो।

सर्किट ब्रेक लागेसँगै बजार ४० मिनेटको लागि बन्द भएको छ।

सो अवधिसम्ममा २१५ कम्पनीको ७९ हजार ९३५ पटकको कारोबारमा ७ अर्ब १९ कराेड ९० लाख ३५ रुपैयाँ बराबरको १ कराेड ४८ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ कम्पनीको मात्र शेयरमूल्य बढेको छ।

अब बजार १ः३९ः५५ मा पुनः खुल्नेछ।

Check Also

इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका 

इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा ...

Comments are closed.