मञ्जुश्री फाइनान्सको संस्थापक सेयर लिलामी भर्ने आज आइतबार भदौ २० गते अन्तिम दिन हो । यस कम्पनीले भदौ १५ गतेबाट ९ हजार १८७ कित्ता संस्थापक सेयर लिलामी खुला गरेको हो। मञ्जुश्रीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३०० रुपैयाँ तोकेको छ । लगानीकर्ताले ३०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।
यसमा विद्यमान संस्थापक सेयरधनी सहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।