जङ्गलको नजिकै शान्त, पारिवारिक वातावरण, सिङ्गो गाउँजस्तै आकर्षक भवन, गुणस्तरीय पढाइ र स्वस्थवर्द्धक खानाको उत्कृष्ट पहिचान बनाउन सफल ३२ वर्षे इतिहास बोकेको शुभतारा विद्यालय सधैंका लागि बन्द हुने भएको छ।
अभिभावकसँग कुनै समन्वय नै नगरि ललितपुरको महालक्ष्मी नगरपालिका लामाटारमा सञ्चालित यस विद्यालय व्यवस्थापनले अचानक बन्द गर्ने निर्णय पठाएपछि यतिखेर यहाँ पढ्ने विद्यार्थी र अभिभावक निकै चिन्तामा परेका छन्। स्कुलका संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले गएकाे बिहीवार मध्यराति अभिभावकहरुलाई इमेल पठाएर आउँदाे शैक्षिक सत्रदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी पठाएपछि रातभरि सुत्न नसकेको अभिभावक बताउँछन् ।
अभिभावक रुपेश महर्जन अभिभावकहरुसँग कुनै समन्वय नै नगरि अचानक राति १२ बजे इमेल आएपछि रातभरि बच्चा र आफू चिन्तामा परेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बिहीवार साँझ केही अभिभावकसँग भर्चुअल बैठक बसेर विद्यालय बन्द गर्ने निर्णय सुनाएपछि बन्द नगर्न सबै अभिभावकले सहयोग गर्ने बताउँदा पनि व्यवस्थापनले मानेन, मध्यराति सबै अभिभावकलाई विद्यालय बन्दको निर्णय पठायो ।’ कक्षा ८ र ९ मा पढ्दै आएका आफ्ना बच्चा मात्रै नभइ यस स्कुलमा पढ्ने सबै विद्यार्थी र अभिभावक चिन्तामा परेको उहाँ बताउनुहुन्छ । कोभिडको मारमा सबै विद्यालय परेको र सबैले नोक्सान ब्यहाेर्दा पनि अरु विद्यालय बन्द नहुने तर शुभतारा बन्द गर्नु कोभिडको बहाना मात्रै भएको उहाँको भनाइ छ ।
कक्षा १ देखि १० सम्म पढाइ हुँदै आएको यो विद्यालयले आर्थिक सङ्कटको बहाना बनाउँदै बन्द गर्ने निर्णय गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको अभिभावकको गुनासो छ । विद्यालयका संस्थापक निर्देशक कक्षपतिले राति पठाएको इमेलमा विद्यालयमा अध्ययनरत ३६५ विद्यार्थी र ११९ शिक्षक कर्मचारीलाई सम्बोधन गर्दै कोभिडका कारण अभिभावकहरुले शुल्क नतिरेको, शुल्कको भार विद्यालयमा धेरै हुँदा दुई करोड रुपैयाँ घाटा लागेकाले आउँदाे शैक्षिक सत्रदेखि विद्यालय बन्द गर्ने जानकारी गराइएको छ ।
कलङ्की रविभवन निवासी अर्का अभिभावक सोफिया श्रेष्ठले अभिभावकको भावनाविपरीत विद्यालयले गलत निर्णय लिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अधिकांश अभिभावकले शुल्क तिरेका छन्, केहीको बाँकी रहेको एक/दुई महिनाको शुल्क पनि लकडाउनपछि तिर्ने भनेकै थियौँ, आर्थिक सङ्कट परे थप सहयोग गर्न तयार छौँ भनेर सबै अभिभावकले भन्दा पनि विद्यालय बन्द गर्ने एकल निर्णय गर्नुभयो ।’
अहिलेसम्म २० वटा एसईई ब्याच सफलतापूर्वक पास भएको शुभताराका विद्यार्थी भने ललितपुरमै रहेको न्यू मिलिनियम विद्यालयसँग गाभ्ने गरी सहमति भएको भन्दै अभिभावकहरुलाई आफ्ना छोराछोरी त्यही विद्यालयमा पढाउने वा चित्त नबुझे अन्य विद्यालयमा भर्ना गराउन अनुरोध गरिएको छ । विद्यालय प्रशासनका अनुसार कक्षा १ देखि ९ सम्मका सबै परीक्षा तथा आन्तरिक परीक्षाहरु सम्पन्न भइ विद्यार्थीलाई नतिजासमेत वितरण गरिसकिएको छ।
विद्यालय बन्दको निर्णयप्रति रुष्ट हुँदै अभिभावक शिवशङ्कर मानन्धरले भन्नुभयो, ‘शुभतारा अर्को विद्यालयसँग ‘मर्ज’ गर्ने भनिए पनि विद्यार्थी बिक्री गर्ने प्रयास भएको छ, ‘मर्ज’ भनेको दुई विद्यालय गाभिनु हो तर यहाँ त एउटा बन्द गरेर विद्यार्थी अर्कोमा पठाउने भनिएको छ, त्यो सरासर विद्यार्थी बिक्री गर्ने प्रयास हो, विद्यालय चलोस् हामी थप सहयोग गर्न तयार छौँ ।’
अभिभावक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष केशव पुरीले भने कोरोनाको महामारीको बेलामा अभिभावकको भावना विपरीत विद्यालय बन्द गर्ने निर्णय गर्नु विद्यार्थी र अभिभावकमाथि घात गर्नु सरह भएको टिप्पणी गर्नुभयो । विद्यालय बन्द हुन नदिन अभिभावकको दबाब आएको बताउँदै उहाँले अभिभावक सङ्घकै नेतृत्वमा विद्यालय सञ्चालनका लागि आउँदाे २० गते व्यवस्थापन र अभिभावकसँग छलफल गराउने प्रयास भइरहेको उहाँले बताउनुभयो । विद्यालयमा अभिभावकको पनि लगानी रहन्छ भन्दै अध्यक्ष पुरीले विद्यालयको भौतिक संरचना बिक्रीका लागि विद्यालय बन्द गर्न खोजेको आशङ्का व्यक्त गर्नुभयो ।
महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले भने नगरपालिकाको विद्यालय सञ्चालन तथा नियमन गर्न छुट्टै शिक्षा ऐन र नीति रहेको बताउँदै नगरपालिकालाई जानकारी नै नगराइ बन्द गरिए निषेधाज्ञा खुलेपछि छानबिन गरिने बताउनुभयो ।
3separated
3measures
creative writing lindenberg https://professionaldissertationwriting.org/
writing a dissertation methodology https://professionaldissertationwriting.com/
mba dissertation help https://helpwithdissertationwritinglondon.com/
buy art online berlin https://dissertationwritingcenter.com/
citing a dissertation mla https://dissertationhelpexpert.com/
rfp writing services https://accountingdissertationhelp.com/
dissertation help service general https://examplesofdissertation.com/
dissertation writing services in usa https://writing-a-dissertation.net/
proquest dissertations https://businessdissertationhelp.com/
dissertation writing service https://customdissertationwritinghelp.com/
writing your dissertation https://writingadissertationproposal.com/
dissertation writing advice https://dissertationhelpspecialist.com/
writing dissertation https://dissertationhelperhub.com/
dissertation writing advice https://customthesiswritingservices.com/
borgata online casino bonus code https://download-casino-slots.com/
borgata online casino new jersey https://firstonlinecasino.org/
caesars online casino pa no deposit bonus https://onlinecasinofortunes.com/
new online casino pa https://newlasvegascasinos.com/
casino games online https://trust-online-casino.com/
real money online casino california https://9lineslotscasino.com/
online casino deposit bonus https://free-online-casinos.net/
golden nugget online casino promo https://internet-casinos-online.net/
online free casino games https://cybertimeonlinecasino.com/
pa online casino real money no deposit bonus https://1freeslotscasino.com/
baccarat casino online https://vrgamescasino.com/
pa online casino real money no deposit https://casino-online-roulette.com/
online casino reviews usa https://casino-online-jackpot.com/
live casino online https://onlineplayerscasino.com/
online casino no deposit free spin https://ownonlinecasino.com/
online casino paypal https://all-online-casino-games.com/
open vpn free https://freevpnconnection.com/
best vpn? https://shiva-vpn.com/
best free vpn cnet https://freehostingvpn.com/
free vpn for firestick https://ippowervpn.net/
best vpn location for netflix https://imfreevpn.net/
opera vpn review https://superfreevpn.net/
what is a vpn? https://free-vpn-proxy.com/
best budget vpn https://rsvpnorthvalley.com/