ताजा समाचार
Home / Headline / अनलाइनबाटै एनआईसीको डलर कार्ड, यस्तो छ लिने तरिका

अनलाइनबाटै एनआईसीको डलर कार्ड, यस्तो छ लिने तरिका

एनआईसी एसिया बैंकले विभिन्न विदेशी अनलाइन माध्यमबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ ।

यो सुविधा ग्राहकले जुनसुकै स्थानबाट जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको ‘आईसर्भ’ प्लेटफर्ममार्फत उपभोग गर्न सकिनेछ । भिजा नेटवर्कमा आधारित हुने यस कार्डमार्फत ग्राहकले वार्षिक अधिकतम पाँच सय अमेरिकी डलर बराबरको अनलाइन खरिदमा भारत र भुटानबाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्नेछन् ।

बैंकका ग्राहकले बैंकको ‘आईसर्भ’ भित्र ‘कार्ड सर्भिसेस’ मा क्लिक गरी ‘डलर कार्ड रिक्वेस्ट’ मा गई आफ्नो नाम, खाता नम्बर, मोबाइल नम्बर एवं ईमेल आईडी र प्यान नम्बर उल्लेख गर्नुपर्छ । उक्त विवरण भरेपछि ग्राहकको मोबाइल नम्बरमा ओटीपी प्राप्त हुने र साे काेड राखेर आफ्नो आवेदन भेरिफिकेसन गर्न सकिनेछ ।

यसपछि ग्राहकले आफूलाई आवश्यक परेको डलर रकम न्यूनतम २५ डलरदेखि अधिकतम ५०० डलर बराबरको रकम कार्डमा लोड गर्न सक्नेछन् । यसरी रकम लोड गरेपछि आफूलाई पायक पर्ने बैंकको शाखा छनौट गर्नुपर्छ ।

यसरी प्राप्त आवेदनको आधारमा बैंकले डलर कार्ड तयार गरी सम्बन्धित ग्राहकलाई एसएमएसमार्फत जानकारी गराउनेछ । उक्त कार्ड निजले छनौट गरेको शाखा कार्यालयबाट बिना अतिरिक्त कागजी प्रक्रिया लिन सक्नेछन् ।

ग्राहकले याे सुविधा लिन तीन सय ५० रूपैयाँ शुल्क लाग्छ ।

Check Also

युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

 लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ...

41 responses to “अनलाइनबाटै एनआईसीको डलर कार्ड, यस्तो छ लिने तरिका”