ताजा समाचार
Home / Headline / केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह

केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ ।

भारतमा आएको चक्रवातका कारण मौसम बद्ली भएर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज दिनभर नै झरी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । आज दिउँसो प्रदेश १, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै राति कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा समेत ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ ।

यस्तै हिमाली भेगमा पनि भारी हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । महाशाखाले नदीहरुमा बाढीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्वतारोहण नगर्न, नगराउन पनि मौसमविद्ले आग्रह गरेका छन् ।

पर्सि शनिवारसम्म नै मौसम बद्ली हुने मौसमविद्को भनाइ छ ।

Check Also

विश्वकप फुटबल : यस्ता छन् क्वार्टरफाइनल पुग्ने टिम

कतारमा जारी विश्वकपमा ६४ मध्ये ५६ खेल सकियो । अब ८ खेल बाँकी छ । ...

Comments are closed.