ताजा समाचार
Home / Headline / आँधीमा भारतीय जहाज डुब्यो : १३० हराए, १४६ जना उद्धार

आँधीमा भारतीय जहाज डुब्यो : १३० हराए, १४६ जना उद्धार

मुम्बईबाट १७५ किलोमिटर टाढा हिरा ओयल फिल्ड्स नजिकै ताऊ ते आँधीका कारण फसेको भारतीय जहाज पी–३०५ समुद्रमा डुबेको छ । भारतीय नौसेनाले यसमा सवार १४६ जनालाई बचाएको जबकी १३० भन्दा बढी हराइरहेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।यसै स्थानमा अर्को एउटा भारतीय जहाज फसेको छ । यसमा सवार मानिसहरुलाई बचाउनका लागि आइएनएस कोलकातालाई पठाइएको छ । यसमा १३७ जना सवार भएको बताइएको छ । यीमध्ये ३८ जनालाई सुरक्षित निकालिएको छ ।

फसेको यो जहाजको मेसिनरी युक्त हिस्सामा पानी भरिएको थियो जसका कारण यो अघि बढ्न सकेको थिएन । यसको बिजुली आपूर्ति पनि बन्द भएको थियो ।

चक्रवातलाई मध्यनजर गर्दै भारतीय नौसेनाका ११ गोताखोर दल तयारी अवस्थामा राखिएको छ ।

Check Also

जाल्पा सामुदायिक लघुवित्तको ७३% बोनस सेयर घोषणा

जाल्पा सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको ...

80 responses to “आँधीमा भारतीय जहाज डुब्यो : १३० हराए, १४६ जना उद्धार”