हिजो सोमबार बसेको मन्त्रिपषिद्को बैठकले दुई देशको अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको छ ।
अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि सरकारले कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको छ। सातामा एक एक उडान हुने गरी उडान खोल्ने निर्णय भएको ब्ताइएको छ।
वर्तमान सरकार गठनपछि हिजो पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो। बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणको समीक्षा, उपचार र सेवाका लागि अत्यावश्यक भौतिक र कानूनी पक्षहरुबारे छलफल भएको छ।