ताजा समाचार
Home / Headline / कोरोना अपडेट : ८८ जना मृतक थपिए

कोरोना अपडेट : ८८ जना मृतक थपिए

देशभर थप ८८ जना संक्रमितको मृत्युको तथ्यांक प्राप्त भएको छ । २४ घण्टामा थप ५२ जना संक्रमितको मृत्यु भएकोमा यसअघि मृत्यु भएका थप २६ जनाको तथ्यांक प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा ४ हजार २२ जना निको भएर डिस्चार्ज पनि भएका छन् ।पछिल्लो २४ घण्टामा देशभर थप ८८५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुर ५०४ जना संक्रमित भेटिएका हुन् ।पछिल्लो २४ घण्टामा देशभर थप ८८५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

Check Also

जाल्पा सामुदायिक लघुवित्तको ७३% बोनस सेयर घोषणा

जाल्पा सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको ...

Comments are closed.