नेप्सेमा एनआईसी एशिया लघुवित्तको सेयर सूचिकृत तथा कारोबार फुकुवा
Shivaram Khadka
अर्थ, समाचार
13320 Views
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर सूचिकृत हुनुका साथै काराेबार समेत फुकुवा भएकाे छ ।
स्टकका अनुसार एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १:०.९४ काे अनुपातमा गाभिँदा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे २५ लाख ९४ हजार ४ सय कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।
यसका साथै, आज बाट मर्जर प्रयाेजनका लागि राेक्का भएकाे संस्थाकाे काराेबार समेत फुकुवा गरिएकाे छ ।
१८ चैत्र २०७७, बुधबार ०३:०२