ताजा समाचार
Home / Headline / अरुको नाममा आईपीओ भर्दै हुनुहुन्छ ? सावधान कारबाहीमा पर्नुहोला !

अरुको नाममा आईपीओ भर्दै हुनुहुन्छ ? सावधान कारबाहीमा पर्नुहोला !

पछिल्लो समय अर्काको नाममा आइपीओ भर्ने खेति निकै फस्टाएको छ । सिडिएस एण्ड क्लियरिङका सिइओ पूर्णप्रसाद आचार्यले अरूले नै आफ्नो नाममा डिम्याट खाता खोलेर आइपिओ भरिदिने गरेका गुनासाहरु प्रशस्त आएको बताउछन्।

पीडित पक्षले मुद्दा दायर गरेर कानुनी प्रक्रियामा जाने हो भने अरूको नाममा डिम्याट खाता चलाउने व्यक्तिलाई बैंकिङ कसुरमा कारबाही हुन्छ। डिम्याट खाता खोलिदिने संस्था डिपीलाई स्वंय व्यक्ति नै उपस्थित भएपछि मात्रै खाता खोलिदिन यसअघि निर्देशन दिइएको आचार्यले बताए।

सिडिएससीको निर्देशनपछि हाल धेरै डिपीले स्वंय व्यक्तिको उपस्थितिमा मात्रै डिम्याट खाता खोलिदिन थालेका छन्। तर नागरिकताको फोटोकपी लिएर खाता खोल्नका लागि आएको व्यक्ति एउटै हो वा होइन भनेर छुट्याउन सक्ने क्षमता डिपीसँग छैन।  आईपीओ भर्नका लागि सबभन्दा पहिला बैंक खाता आवश्यक पर्छ । जुनसुकै बैंकमा खाता भएपछि सेयर राख्ने डिम्याट खाता खोलिन्छ ।

आइपिओको खेती गर्नेहरू अझै पनि प्रशस्त रहेको उदाहरण सिडिएससीमा परेका उजुरीले नै देखाउँछ। अब यसरी अरूको नाममा डिम्याट खाता खोलेर आइपिओ खेती गर्न नसक्ने गरी सिडिएससीले काम गरिरहेको सिइओ आचार्यले बताए।

अब डिम्याट खाता खोल्दा डिपीले आफ्ना ग्राहकको विवरण भर्नका लागि छुट्टै सफ्टवेर विकास गरिँदैछ।

Check Also

इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका 

इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा ...

Comments are closed.