यसले प्रस्तावित बोनस सेयरपश्चात कायम हुने चुक्ता पुँजीको पुनः ३०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा लैजाने जनाएको छ । कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने सेयर पुँजीमा सर्वसाधाण सेयरधनीको हिस्सा ४९% पुर्याउने विशेष प्रस्ताव गरेको छ । हाल संस्थापक सेयर पुँजीको हिस्सा ६०% रहेको छ भने सर्वसाधारणको ४०% छ ।
‘सेयर कन्भर्जन’ पछि संस्थापक सेयरको हिस्सा ५१% र सर्वसाधारणको हिस्सा ४९% पुग्नेछ । साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने बारे सम्पूर्ण अधिकार सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव छ । सभा प्रयोजनको लागि फागुन २६ गतेदेखि चैत ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन २५ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र साधारण सभामा सहभागी हुन पाउनेछन् ।