ताजा समाचार
Home / Headline / महिला लघुवित्तको आइपीओ बाँडफाँड, नतिजा यसरी हेर्नुहाेस्-

महिला लघुवित्तको आइपीओ बाँडफाँड, नतिजा यसरी हेर्नुहाेस्-

महिला लघुवित्तको आइपीओ शुक्रबार बिहान ८ बजे बाँडफाँड भएको छ । यसमा ३७ हजार ५०० जना सर्वसाधारण लगानीकर्ताले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले सेयर हात पारेका छन् ।

कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकामा ३ हजार ३५३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङले जानकारी गराएको छ ।

कुल १५ लाख ३६ हजार ६८२ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको हो । योग्य आवेदकमध्ये १४ लाख ९९ हजार १८२ जनाको हात खाली भएको छ ।

महिलाले माघ ३० गतेबाट फागुन ५ गतेसम्म ४ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।

जसमध्ये ०.५% (५ हजार कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको थियो भने ५% (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई छुट्याईको थियो । बाँकी ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।

नतिजा कसरी हेर्ने ?

आइपीओ नतिजा हेर्ने नियम यसपालिदेखि परिवर्तन गरिएकाे छ । यसअघि लगानीकर्ताले अनलाइन मिडियाबाट आइपीओ परे-नपरेको रिजल्ट हेर्ने गरेका थिए तर अब त्यसरी हेर्न नपाउने भएका छन् ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले हितग्राही खाता (डिम्याट अकाउन्ट) व्यक्तिगत विवरण अन्तर्गत पर्ने भएकाले अबदेखि आइपीओ रिजल्ट अनलाइन मिडियामार्फत सार्वजनिक गर्न नदिइने व्यवस्था गरेसँगै अब अब आइपीओ रिजल्ट आइपीओ निष्कासन गर्ने सम्बद्ध कम्पनीको वेवसाइट, सीडीएसको मेरो सेयर एप र बिक्री प्रबन्धकको वेबसाइटबाट मात्र हेर्न सक्नेछन् ।

महिला लघुवित्तकाे आइपीओकाे नतिजा हेर्न IPO Rejult मा क्लिक गर्नुहाेस् । अनि बिक्री प्रबन्धककाे वेबिसाइटकाे एउटा फर्म्याट खुल्नेछ । अनि Company मा महिला लघुवित्ता छान्ने र BOID मा अाफ्नाे डिम्याट खाता नं राख्ने । अनि Check मा क्लिक गरेर नतिजा हेर्नुहाेला ।नतिजा केही बेरमा उपलब्ध हुने बिक्री प्रबन्धक एसबीआई मचेन्ट बैंकिङले जनाएकाे छ ।

Check Also

धमाधम घोषणा हुँदै लाभांश, अहिलेसम्म कुन–कुनले कति गरे प्रस्ताव ?

 नेप्सेमा सूचीकृत ३० कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा ...

Comments are closed.