ताजा समाचार
Home / Headline / ‘म यसकारण अदालत जान बाध्य भएँ’

‘म यसकारण अदालत जान बाध्य भएँ’

प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटाले राज्य संयन्त्रका नेतृत्वबाटै शृङ्खलाबद्ध रुपमा संविधानको उल्लङ्घन भइरहेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

संविधानको मर्म र भावना विपरित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने, सोही अध्यादेश अनुसार अनधिकृत रुपमा बैठक बसी पदाधिकारी सिफारिस गर्ने, प्रतिनिधिसभा विघटन गर्ने र संसदीय सुनुवाई वेगर संवैधानिक आयोगहरुमा पदाधिकारीको नियुक्ति गर्ने लगायतका काम कारवाही संविधानमाथि एकपछि अर्को प्रहार भइरहेको उनले बताएका हुन् ।

‘गत बैशाख ८ गते जारी गरिएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको थियो । त्यसको विरोध हुँदा पछि फिर्ता लिएको थियो । तर पुनः मंसिर ३० गते त्यसैलाई पुनरावृति गरी असंवैधानिक तरिकाले अध्यादेश जारी गरेको,’ उनले बताए । सभामुख सापकोटाले पत्रकार सम्मेलन आयोजना गरी अध्यक्षदेशमा टकेर सोही दिन ११ वटा संवैधानिक निकायमा नियुक्तिको लागि सिफारिस गरी संसदीय सुनुवाइ गर्नुपर्ने भन्दै लेखिएको पत्र पुस ५ गते प्राप्त भएको बताए ।

Check Also

अदालतको आदेशपछि गभर्नरले पदबहाली गर्दै भने, ‘अदालतले पछि पनि न्याय दिनेमा विश्वस्त छु’

सर्वोच्च अदालतको आदेशपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पदबहाली गरेका छन् । अदालतले हिजो ...

34 responses to “‘म यसकारण अदालत जान बाध्य भएँ’”