अब काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको आधारमा स्वास्थ्यकर्मीलाई खोप
पालमा अझै पनि कोरोनाविरुद्धको खोप लगाउँन हिच्किचाइरहेको पाइएको छ । जसको कारण कोरोनाविरुद्धको खोप लगाउने अभियान सरकारको लक्ष्यअनुसार अगाडि बढ्न नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै तथ्याङ्कले पुष्टि गरेको छ ।
कोरोनाविरुद्धको पहिलो चरणको खोप १० दिनको अवधिमा ४ लाख ३० जनालाई लगाइने सरकारको दाबी थियो । तर, अभियानको नवौँ दिनसम्म आइपुग्दा १ लाख ५८ हजार ४ सय ८७ जनाले मात्रै खोप लगाएका छन् ।
सरकारले ७७ जिल्लाका २ सय १ खोप केन्द्रहरूबाट भारत सरकारको अनुुदान सहयोगमा आएको कोभिशिल्ड खोप पहिलो चरणमा ३ प्रतिशत फ्रन्टलाइनरलाई दिने योजना बनाएको थियो । स्वास्थ्य मन्त्रालयको लक्ष्य अनुसार खोप अभियान अगाडि नबढेको जनस्वास्थ्यविद्हरूले बताएका छन् ।
४ लाख ३० हजार खोप १० दिनको समय अवधिमा लगाइसक्न दिनमा ४३ हजार जनाले लगाउनुपर्ने हुन्छ । तर, नवौं दिनसम्म आइपुग्दा दिनमा सरदर १७ हजार ८ सय ८८ मात्रै कोरोनाविरुद्धको खोप लगाएका छन् ।
नवौँदिनसम्म जम्मा ३७ प्रतिशतले मात्रैले खोप लगाएका छन् । सरकारले पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने व्यक्ति तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारमा संलग्न फ्रन्टलाइनर वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेश सीमा नाकामा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवम् कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको थियो ।