ताजा समाचार
Home / समाचार / भिजिट भिसामा एक पुरुषलाई दुबई लगेर बेच्न खोज्ने एक जना पक्राउ

भिजिट भिसामा एक पुरुषलाई दुबई लगेर बेच्न खोज्ने एक जना पक्राउ

एक पुरुषलाई दुबई लगेर बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले काठमाण्डौबाट एक जनालाई पक्राउ गरेको छ

३५ वर्षीय एक पुरुषलाई भिजिट भिसामा दुबई लगेर बेच्न खोज्ने काठमाण्डौको चाबहिल बस्ने महोत्तरी खयरमारा घर भएका जितबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।

घरायसी कामको लागि दुबई लैजाने भन्दै ललाइफकाइ राहदानी बनाउन लगाएर २०७३ वैशाख २७ गते एक जना अपरिचित व्यक्तिको साथमा त्रिभुवन विमानस्थलभित्र पठाएकोमा राहदानी जाँच गर्ने क्रममा ती पुरुषलाई घरायसी काममा नभइ झुक्याएर दुबईमा बेचबिखन गर्न लागेको खुल्न आएको थियो ।

पक्राउ परेका मङ्गले भनिले भुजेललाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । source : ujaylo

Check Also

इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका 

इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा ...

Comments are closed.