ताजा समाचार
Home / Headline / पुनर्कर्जाले बढायो बैंकिङ प्रणालीमा तरलता, राष्ट्र बैंकले बिहीबार बजारबाट २० अर्ब उठाउँदै

पुनर्कर्जाले बढायो बैंकिङ प्रणालीमा तरलता, राष्ट्र बैंकले बिहीबार बजारबाट २० अर्ब उठाउँदै

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुनर्कर्जा दिन थालेपछि बजारमा तरलता बढेको छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको मागमा केन्द्रीय बैंकले हालसम्म ६३ अर्ब रुपैयाँ पुनर्कर्जा प्रवाह गरेको छ । पुनर्कर्जा प्रवाह बढेपछि बैंकिङ प्रणालीमा १७५ अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसबीचमा थप ५० अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत गरेको राष्ट्र बैंकले जनाएको छ । यस्तै केन्द्रीय बैंकले एकमुष्ठ पुनर्कर्जा दिनका लागि बैंकहरुबाट प्रस्ताव मागेको छ ।

यसबाट १४० अर्ब रुपैयाँ थप पुनर्कर्जा जाने संभावना रहेको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले बताए । बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकबाट ३ प्रतिशत ब्याजमा पुनर्कर्जा लिएर कोरोना प्रभावित उद्योग व्यवसायलाई ५ प्रतिशतमा दिने छन् ।

Check Also

इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका 

इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा ...

Comments are closed.