ताजा समाचार
Home / विचार / अनलाइन कारोबार गर्दा झुक्किएर पनि नगर्नुहोस् यस्ता गल्ती

अनलाइन कारोबार गर्दा झुक्किएर पनि नगर्नुहोस् यस्ता गल्ती

शपिङदेखि बैंकको कारोबार सबै अनलाइनमा स्थानान्तरण हुँदै गइरहेको छ । अनलाइनबाटै महत्वपूर्ण काम गरिरहँदा हरेक प्रयोगकर्ता सजग हुनुपर्छ । आज हामी तपाईंका लागि केही यस्ता महत्वपूर्ण टिप्स बताउँदैछौं, ताकि तपाईंलाई अनलाइनमा कसैले ठग्न नसकोस् ।

यस्ता गल्ती कहिल्यै नगर्नुहोस्

  • कुनै अपरिचित व्यक्तिले पठाएको लिङ्क तथा अट्याचमेण्ट सकेसम्म खोल्दै नखोल्नुहोस् ।
  • अरु कसैलाई आफ्नो अकाउण्टको पासवर्ड कहिल्यै शेयर नगर्नुहोस् ।
  • अनलाइन बैंकिङको काम सकिने वित्तिकै तुरुन्तै लगआउट गर्नुहोस् ।
  • सामाजिक सञ्जालका कुनै पनि माध्यममा जन्म मिति, ठेगाना, फोन नम्बर जस्ता व्यक्तिगत जानकारीहरु शेयर नगर्नुहोस् । किन भने यसको सजिलैसँग गलत प्रयोग हुन सक्छ । अनलाइन ठगीमा समेत पर्न सक्नुहुन्छ ।

यी विषयमा ध्यान दिनुहोस्

  • आफ्नो पासवर्डमा कहिल्यै पनि आफ्नो नाम, जन्म मिति तथा फोन नम्बरको प्रयोग नगर्नुहोस् ।
  • आफ्नो अकाउण्टको पासवर्ड यस्तो बनाउनुहोस् कि त्यसमा तपाईंको बारेमा कुनै पनि किसिमको अन्दाज गर्न सक्ने विषय नहोस् ।
  • समय समयमा आफ्नो पासवर्ड परिवर्तन गर्ने गर्नुहोस्, ता कि कसैले चोर्न नसकोस् ।
  • आफ्नो व्यक्तिगत डिभाइस वा सिस्टमको एक्सेस आफूलाई पूर्ण भरोसा लागेका व्यक्तिलाई मात्र दिने गर्नुहोस् ।
  • कुनै पनि अपरिचित व्यक्तिलाई आफ्नो सिस्टमको प्रयोग गर्न नदिनुहोस् ।
  • आफ्नो सिस्टम तथा डिभाइसमा सधैं एण्टी भाइरस राख्ने गर्नुहोस् ।

Check Also

काठमाडौं उपत्यकासहित देशभर खुले सुपथमूल्य पसल, कुन वस्तुमा कति छुट ?

सरकारले देशभर दशैं तिहार र छठ पर्वलाई लक्षित गरी सुपथमूल्य पसल सञ्चालनमा ल्याएको छ । ...

42 responses to “अनलाइन कारोबार गर्दा झुक्किएर पनि नगर्नुहोस् यस्ता गल्ती”