ताजा समाचार
Home / Headline / कोटेश्वर चोकमा कटुवा बन्दुक देखाएर लुटपाटको प्रयास

कोटेश्वर चोकमा कटुवा बन्दुक देखाएर लुटपाटको प्रयास

आइतबार बिहान ६:३० बजे काठमाडौंको कोटेश्वर चोकमा कटुवा बन्दुक देखाएर लुटपाटको प्रयास भएको छ।

काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा एक युवकमाथि बन्दुक देखाएर लुटपाटको प्रयास भएको हो।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज आलेमगरमाथि लुटपाटको प्रयास भएको हो।

कटुवा बन्दुक देखाएर मोबाइल फोन माग्यो। आफूले प्रतिवाद गर्दा बन्दुक झरेपछि ती व्यक्ति भागेको भन्ने खबर आएको थियो,’ उनले भने।

उनका प्रहरीलाई घटना भएपछि खबर गरेका थिए।प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ।

Check Also

विश्वकप फुटबल : यस्ता छन् क्वार्टरफाइनल पुग्ने टिम

कतारमा जारी विश्वकपमा ६४ मध्ये ५६ खेल सकियो । अब ८ खेल बाँकी छ । ...

Comments are closed.