ताजा समाचार
Home / शिक्षा/स्वास्थ्य / निदाउने तरिका

निदाउने तरिका

निदाउने तरिका
राती सुते पछि निद्रा लागेन भने
— मन मा कुरा नखेलाउनु ,
लामो लामो सास फेर्न थाल्नु ,
लामो गरि सास तान्नु र लामो गरि नै फाल्नु स्वाँ स्वाँ गर्दै , खुट्टा का बुढी औंला देखि सन्च तथा सिथिल भएको कल्पना गर्दै गोलि गाँठा नलि खुट्टा पिँडुला घुडा तिघ्रा गोप्य अंग हरु पेट कम्बर छाती हातका औंला हत्केला नारी पाखुरा कुम गर्धन गाला मुख आँखा कान टाउको मष्तिस्क सबै सन्च भएको र सिथिल भएको कल्पना गरिरहनु । अरु सोच बिचार हरु आए पनि पुनः पुनः यही क्रम दोहोर्याइ रहनु निद्रा लाग्छ कति बेला निदाइन्छ थाहै हुन्न ।। यति गर्दा पनि निद्रा लागेन भने बिहान उठे देखि के के काम गर्नु भयो क्रमस नछोडी मेलैसंग सोच्न थाल्नु गल्ती हरुलाई भोली नदोहोर्याउने प्रण गर्दै सोची रहनु निद्रा लाग्छ ।।
त्यसपछि पनि निदाउन सकिएन भने मलाई आज निद्रा लागेन भनेर नसोची समय कति बित्यो उज्यालो हुन कति बाँकी छ नसोच्नु । ०,१ देखि गन्दै मन मनमा लेख्दै (भने को १, २, ३ देख्दै) १०० पुर्याउनु ।। १०० पुगे पछि घटाउदै ९९,९८,९७,९६ गर्दै १,० सम्म ल्याउनु । गरिरहनु निद्रा अवश्य लाग्छ ।। बेलुका छिटै सुतेर बिहान छिटै उठ्ने बानी बसाल्नु । राती निद्रा लागेन भनेर बिहान अबेला सम्म नसुत्नु । ४०/५० उमेर कटे पछि ४/५ घन्टा निदाए पुग्छ । दिन भरी को काम थकान मा पनि भर पर्छ ।।

Check Also

ओमिक्रोन भेरियन्ट र रुघाखोकीको लक्षण मिल्दोजुल्दो : अध्ययन

१२ पुस, काठमाडौं । हाल विश्वव्यापी बनिरहेको कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टका लक्षण यसअघिका भेरियन्टभन्दा ...

Comments are closed.