ताजा समाचार
Home / शिक्षा/स्वास्थ्य / छालाको यस्तो रोग किन, कसरी र कसलाई हुन्छ ?

छालाको यस्तो रोग किन, कसरी र कसलाई हुन्छ ?

छालामा अनेकथरीका समस्या देखापर्छ । कति समस्या त यस्ता हुन्छन्, जसले समग्र शरीरलाई कुरुप बनाउँछ । यहाँ उल्लेख गरेको प्रसंग चाहि, सोरायसिसको हो । छालाका विभिन्न रोगहरुमध्य सोरायसिस पनि एक हो । सोरायसिस यस्तो रोग हो, जसमा छालाको माथिल्लो भागमा एउटा बाक्लो पत्र जम्ने गर्छ ।

यसलाई आणुवंशिक रोग पनि भनिन्छ । तर संक्रामक हैन । सरायोसिस भएमा छालामा रातो बाक्लो दाग आउने तथा बिमिराहरु देखिने गर्छ । यस्ता बिमिरा हात, खुट्टा, टाउको, घाँटी, हत्केला लगायतका शरीरका कुनै पनि भागमा देखापर्न सक्छ । विशेषगरी जाडोको मौसममा देखिने यस्ता समस्या भएमा छाला रातो हुने, पोल्ने तथा चिलाउने गर्छ ।

किन हुन्छ सरायोसिस ?

१. अणुवशिक रोग

अणुवंशिक रोगलाई सरायोसिस हुनुमा मुख्य कारक मानिन्छ । परिवारका सदस्यलाई सरायोसिस भएमा उनीहरुबाट जन्मने शिशुलाई समेत सिरायोसिस हुने सम्भावना १५ प्रतिशत बढी हुने गर्छ । अझ कुनै आमाबाबु दुवैमा यो समस्या छ भने उनीहरुबाट जन्मने शिशुलाई पनि सिरायोसित हुने सम्भावना ६० प्रतिशतसम्म रहने गर्दछ ।

२. रोग प्रतिरोधात्मक क्षमता

रोग प्रतिरोधात्मक क्षमताका गडबडी भएमा पनि यसले छालाका अन्य स्वस्थ कोषिकाहरुलाई हानी पुर्‍याई सरायोसिसको समस्या निम्त्याउने गर्छ । रोग प्रतिरोधात्मक क्षमता भएमा शरीरमा भाइरस तथा जीवाणुको संक्रमण हुने गर्छ ।

सामान्यतया हाम्रो शरीरले नयाँ कोषिका उत्पादन गर्न २८ दिनसमय लिने गर्छ । जबकी सरायोसिस भएका व्यक्तिको छालाले ४-५ दिनमै नयाँ छाला उत्पादन गर्छ । जसका कारण छालामा पत्र बन्न थाल्छ । जसका कारण छालो रातो हुनुका साथै छाला चिलाउने, पोल्ने गर्दछ ।

३. संक्रमण

कँहिलेकाही भाइरल तथा व्याक्टेरियाको संक्रमणका कारण पनि सोरायसिस हुने गर्दछ । शरीरमा चोट लाग्नाले पनि चोट लागेको ठाउँ वरपर सोरायसिस हुनसक्छ । त्यस्तै कुनै समयमा जीन सक्रिय हुदाँ पनि सोरायसिस हुने गर्दछ ।

४. असन्तुलित खानपान्

असमान तथा असन्तुलित भोजनका कारण पनि सिरायोसिस हुने गर्दछ । त्यस्तै चिल्लो, पिरो, अमिलो तथा मसलेदार खानेकुराको सेवन, जंकफुड, समुद्री माछा, मुला, लसुन, मह, लगायतका खानेकुराको सेवनले पनि सिरायोसिस हुने गर्दछ ।

त्यस्तै, मदिरापान , धुमपानको सेवन तथा तनावले पनि सोरायोसिसको समस्या निम्त्याउने हुँदा चिकित्सकहरु त्यस्ता खानेकुराबाट टाढै रहन सल्लाह दिने गर्छन् ।

कसरी पाउने छुटकारा ?

विभिन्न पोषणयुक्त खानेकुराको सेवनले पनि सरायोसिसबाट शरीरलाई आराम प्रदान गर्छ । हरियो सागसब्जी, फलफूल, तरकारी, माछामासु लगायतको खानेकुरामा एन्टी इन्फ्लामेेन्टरी तत्व हुन्छ । साथै, यी खानेकुरमा भरपूर मात्रामा फाइबर रहेको हुन्छ, जसले शरीर भित्रको फोहरलाई बाहिर निकाल्छ ।

जबकी चिकित्सकहरु यस्तो समस्या भएकालाई जंकफुड तथा नुनिलो खानेकुरा नखान सल्लाह दिने गर्छन्् । सकेसम्म पचाउन सजिलो तथा नरम भोजनको सेवन गर्नु गर्छ । दही कालो दाल लगायतका धेरै चिल्लो, अमिलो खानेकुराले पनि सोरायोसिसको समस्या बढाउन सक्ने हुदाँ यस्ता खानेकुरा पहरेज गर्न समेत चिकित्सकहरु सल्लाह दिने गर्छन् ।

Check Also

ओमिक्रोनको जोखिमबाट बचाउन बालबालिकालाई खोप लगाउनैपर्छ : डा. शेरबहादुर पुन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक ...

103 responses to “छालाको यस्तो रोग किन, कसरी र कसलाई हुन्छ ?”