ताजा समाचार
Home / Headline / कसले जित्ला फिफा वर्ष खेलाडीको उपाधि ?

कसले जित्ला फिफा वर्ष खेलाडीको उपाधि ?

‘द बेस्ट फिफा मेन्स प्लेयर’ अवार्डका लागि युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो, बार्सिलोनाको फरवार्ड लियोनेल मेस्सी र बायर्न म्युनिखका हिटम्यान रोबर्ट लेवान्डोस्की फाइनलिस्ट छानिएको फिफाले घोषणा गरेको छ ।गत नोभेम्बर २५ मा ११ जना खेलाडीको सूची सार्वजनिक गरिएको थियो । तर, केभिड डि ब्रुयना, साडियो माने, किलियान एम्बाप्पे, नेयमार, सर्जियो रामोश, मोहम्मद शलाह, थियागो अल्कान्ट्रा र भर्जिल भान डायिकले अन्तिम ३ मा स्थान बनाउन सकेनन् ।

रियल म्याड्रिडलाई लगातार दुई च्याम्पियन्स लिगको उपाधि दिलाए पछि रोनाल्डोले सन् २०१६ र १७ मा यो उपाधि दिएका थिए । अहिले भने उनी इटालीमा युभेन्टससँग आबद्ध रहेका छन् । मेस्सी यो उपाधिको पछिल्लो विजेता हुन् । तर, गत सिजन उनका लागि निराश रह्यो ।

यो सिजन लेवान्डोस्कीले यो उपाधि जित्ने अपेक्षा गरिएको छ । गत सिजन गोलको वर्षा गर्दै बार्यनलाई उनले लिग तथा च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले यसअघि आफू उपाधि जित्न आशावादी रहेको बताएका थिए ।

यसको विजेता डिसेम्बर १७ मा घोषणा गरिनेछ ।

Check Also

इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका 

इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा ...

Comments are closed.