ताजा समाचार
Home / Headline / हङकङ्गस्थित एक रेष्टुरेन्टमा आगलागी, ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु

हङकङ्गस्थित एक रेष्टुरेन्टमा आगलागी, ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु

हङकङ्ग जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेन्टमा आइतबारराती आगलागी हुदाँ ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु भएको छ।

आगलागीमा परेर १८ जना घाइते भएका छन।  मृत्यु हुनेहरुमा चार पुरुष र तीन महिला रहेका छन। नेपालीहरुले नै संचालन गरेको एक रेष्टुरेन्टमा आगलागी भएको हो ।

जन्म दिनको पार्टी मनाइरहदाँ आगलागी भएको त्यहाँ रहेका नेपालीहरुले जानकारी दिएका छन ।एनआरएनए  हङकङ्गकी अध्यक्ष टिका गुरुङ्ग ‘राधिका’ले पनि आगलागीमा परि सात जना नेपालीको मृत्यु भएको पुष्टि गरेकी छिन।

Check Also

विश्वकप फुटबल : यस्ता छन् क्वार्टरफाइनल पुग्ने टिम

कतारमा जारी विश्वकपमा ६४ मध्ये ५६ खेल सकियो । अब ८ खेल बाँकी छ । ...

Comments are closed.