ताजा समाचार
Home / Headline / एन्डोराको पोष्टमा पोर्चुगलको ७ गोल

एन्डोराको पोष्टमा पोर्चुगलको ७ गोल

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले एन्डोरामाथि शानदार जित हात पारेको छ । गएराति भएको खेलमा पोर्चुगलले एन्डोरालाई ७-० को फराकिलो अन्तरले हरायो ।

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्ने लयलाई कायम राख्दा पोर्चुगलका लागि ५ फरक खेलाडीले गोल गरे ।

पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा पाँच गोल थपेको हो । खेलको आठौं मिनेटमा पेड्रो नेटोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

२९औं मिनेटमा पाउलिन्होले पोर्चुगलको अग्रता दोब्बर पारे र ५६औं मिनेटमा रेनाटो सान्तेजले गोल गर्दै अग्रता तेब्बर पारे ।

६१औं मिनेटमा पाउलिन्होले व्यक्तिगत दोस्रो गोल गरे । ७६औं मिनेटमा एमिल गार्सियाले आत्मघाती गोल गरेपछि पोर्चुगलले ५-० को अग्रता बनायो ।

८५औं मिनेटमा रोनाल्डो र ८८औं मिनेटमा जाओ फेलिक्सले गोल गरेपछि पोर्चुगलले शानदार जित हात पारेको हो ।

रोनाल्डोले देशको लागि गोल संख्या १०२ पुर्‍याएका छन् । उनी अन्तर्राष्ट्रिय स्तर सर्वाधिक गोल गर्ने इरान अली दाईलाई पछ्याउँदै छन् ।

अलीको कीर्तिमानबाट रोनाल्डो अब ७ गोल मात्र टाढा छन् । अलीले १०९ गोल गरेका छन् ।

Check Also

यसरी सफा गरिँदैछ फेवाताल

 पोखरा महानगरपालिकाले फेवाताल सरसफाइ मंगलबारदेखि सुरु गरेको छ । महानगरको अगुवाइमा ३३ वटै वडा, विभिन्न ...

Comments are closed.