ताजा समाचार
Home / Headline / डा. केसीको अनशनबारे आमा नै बेखबर १९ औँ दिन

डा. केसीको अनशनबारे आमा नै बेखबर १९ औँ दिन

गोविन्द त फेरि अ नशन बसि पो सकेछ तिमीहरूले किन भनेनौ मलाई ?” अनशनत डा. गोविन्द केसीकी ८५ वर्षिया आमा मित्र कुमारी केसीको भनाईलाई उदृत गर्दै केसी अभियानको अभियानकर्मी संजीव कार्कीले भन्नुभयो ।

डा. केसीकी आमालाई छोरो अनशन बसेको १९औं दिनपछि शुक्रवार रातीमात्रै थाहा भएको उहाँले बताउनुभयो । क्या न्सर पी डित आमाको स्वा स्थ्य र उमेरका कारण परिवारले जानकारी गराउन नचाहेको भएपनि कान्छो छोरो सुरेश केसीसंगै बस्दै आउनु भएकी उहाँले टिभी हेरेर अनशनबारे थाहा पाउनुभयो र भन्नुभयो, ‘वि चरा कति भो क ति र्खा लाग्दो हो, मेरो छोरालाई ईश्वरले र क्षा गरून्’ ।

छोरो विगत ६ महिनादेखि जुम्लामै वि रामीको उपचारमा लागिपरेको छ भन्ने लागेको आमालाई अ नसनको बारेमा थाहा भएपछि पि र र चि न्ताले स ताएको छ । डा. केसी घरबाट निस्कदा पनि गए ल भनेर खासै पुरा जानकारी नदिएर निस्कने र त्यसरीनै फर्किने भएरपनि आमालाई छोरो जुम्लामै छ भन्ने ढुक्क थियो ।

केसी काठमाडौं रहँदा घरमा पनि आमासँग भन्दा बढि बाहिरै बस्ने भएकाले पनि सोधीखोजी नगर्नु भएको हो । तर शुक्रवार अचानक टिभि हेरेर थाहा पाउदा आमाको मन थिरमा छैन ।

केसीलाई यतिबेला फोनमा बोल्न गाह्रो हुन्छ भन्ने जानकारी भएकी आमाले फोनमा बोल्नभने खोज्नु भएको छैन, तर एउटै पि रलो छ ‘भोक, तिर्खा लाग्यो होला, कति कष्ट भयो होला, कतै नराम्रो केही पो भैहाल्छ की ? आमा बाहेक उहाँका परिवार सबै दिनहुँजसो डा. केसीलाई भेट्न र स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगिरहन्छन् ।

चिकित्सा शिक्षामा सुधारको माग राख्दै आउनु भएका डा. केसीले जुम्लाबाट १९ औं अनशन शुरु गर्नु भएको हो । गत भदौं २९ गते सोमबार दिउँसो २ बजेदेखि चन्दननाथ नगरपालिका ६ को रानीचौरमा रहेको बाबिरा मन्दिरमा १९ औँ अनशन शुरु गरेपनि उहाँलाई अहिले काठमाडौ शिक्षण अस्पतालमा राखिएको छ ।

जुम्लामा अनशन शुरु गरेको छैठौँ दिनको मध्यरातमा प्रहरीले जवरजस्ती केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको थियो । त्यहाँ उपचार गर्न केसीले अस्विकार गरेपछि जुम्लामै विगतमा भएको जस्तो धरपकड, अस्पताल भित्र लाठिचार्ज र गोली प्रहारका घटना नहोस भनेर केसीलाई असोज ६ गते काठमाडौं ल्याइएको हो ।

तर काठमाडौं आउने बित्तिकै सरकारले अ पराधी समाए झैं केसीको कठालो समातेर घोक्र्याउदै ट्रमा सेन्टर लग्यो तर केसी त्यहाँ बस्न मान्नु भएन र उहाँ आफूले २६ वर्ष सेवा गरेको त्रिवि शिक्षण अस्पताल नै पुग्नुभयो । अहिले त्यहाँको कोठा नं. ५०१ मा अनशनरत हुनुहुन्छ । दुई पटक प्रहरी ध र प क डको कारण केसी शि थिल हुनुहुन्छ ।

केसीले पहिलो अनशनदेखि नै उठाएका केही माग अहिले पनि छन् । उहाँले अ नशन बस्न थालेको आठ वर्ष बित्यो तर धेरै सम्झौता कार्यान्वन भएका छैनन । उहाँको अनशनको आज २० औं दिन हो ।

यो पटक पनि केही माग पुरानै छन् भने कोरोना र अछामको बयलपाटा अस्पताललाई नियमित र निःशुल्क सेवा सुनिश्चत गर्नुपर्ने माग थप्नु भएको छ । उहाँको अनसन र मागप्रति निश्पक्ष, तटस्थ मानिएका अधिकांशले समर्थन जनाएका छन् भने सत्तारुढ दलका समर्थकहरुले विरोध जनाउदै आएका छन् । source:  sindhuli saugat

Check Also

धमाधम घोषणा हुँदै लाभांश, अहिलेसम्म कुन–कुनले कति गरे प्रस्ताव ?

 नेप्सेमा सूचीकृत ३० कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा ...

Comments are closed.