ताजा समाचार
Home / Headline / कोराना बाट मृत्यु हुनेको संख्या बढी रहेको छ ।

कोराना बाट मृत्यु हुनेको संख्या बढी रहेको छ ।

कोरोनाबाट निधन हुनेको संख्या पाँच सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बिहीबार गरेको प्रेस ब्रिफिङमा मृतकको संख्या पाँच सय एक पुगेको जानकारी दिए। कोरोना संक्रमित हुने संख्याले पनि ८० हजार छुन आँटेको छ।

परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पनि बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा मृतक संख्या पाँच सय नाघेकोमा दुःख व्यक्त गरे। मन्त्रालयका प्रवक्ता गौतम अन्य देशको तुलनामा नेपालमा मृत्युदर निकै कम रहेको बताउँछन्।

‘करिब १ लाख संक्रमित हुँदा १ हजारको मृत्यु भयो भने एक प्रतिशत हुन्छ। नेपालमा कुल संक्रमितमध्ये मृत्युदर ०.७ प्रतिशत मात्र छ। यो निकै हो,’ प्रवक्ता गौतम भन्छन्। उनका अनुसार संक्रमित मध्ये मृत्यु हुनेहरूमा दीर्घरोगी नै बढी रहेका छन्।

३ महिनामा सय पुगेको थियो मृत्यु संख्या

३ जेठमा कोरोनाबाट पहिलो पटक सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु भएको थियो। बाह्रबिसे–९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलालाई ज्वँरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि धुलिखेल लैजाने क्रममा मृत्यु भएको थियो। त्यतिबेला कूल संक्रमितको संख्या २ सय ८१ मात्र थियो। लगत्तै दोस्रो व्यक्तिको मृत्यु ४ जेठमा भएको थियो।

एक दिनको अन्तरमा दोस्रो व्यक्तिको मृत्यु भएको थियो। मृत्यु हुने दोस्रो व्यक्ति थिए बाँकेको नरैनापुरका २५ वर्षीय पुरुष। पहिलो र दोस्रो मृत्यु भएको झण्डै ३ महिना पुग्न लाग्दा साउन ३० गतेसम्मको तथ्यांक अनुसार संक्रमणबाट मृत्यु हुनेको संख्या सय पुगेको थियो।

जब साउन ३० मा संक्रमित हुनेहरूको संख्या सय नाघ्यो, त्यतिबेला कुल संक्रमितको संख्या २६ हजार १९ पुगिसकेको थियो। ३० साउनलाई नै हेर्ने हो भने मृत्यु संख्या सतक नाघेको दिन थप तिन जनाको मात्र मृत्यु भएको थियो।

१५ दिन नपुग्दै कट्यो सतक

३० साउनपछि १४ दिनमै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई सय नाघ्यो। १३ भाद्रमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई सय सात पुगेको थियो।

२ सय कटेको ९ दिनमै मृतक संख्या ३ सय नाघ्यो। २२ भदौमा एकैदिन १२ जनाको मृत्यु भएसँगै मृत्यु संख्या ३ सय १ पुगेको थियो। २५ भदौमा, कोभिड–१९ को कुल संक्रमित संख्या ५० हजार ४ सय ६५ पुग्दा मृत्यु संख्या ३ सय १७ पुगेको थियो।

३ असोजमा मृत्यु संख्या ३ कटेको ११ दिनमा ४ सय नाघेको थियो। त्यतिबेला देशभर कोरोनाबाट कुल ४ सय १ संक्रमितको निधन भएको थियो। त्यसपछि ५ सय कट्न पनि धेरै दिन लागेन। तथ्यांक हेर्दा १२ दिनमै ४ सय बाट ५ सय नाघेको छ।

Check Also

इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका 

इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा ...

Comments are closed.