लगानीकर्ताहरुले मेरो सेयरमा राखेको पासवर्ड बिर्सिए अब एक सय पटकसम्म पुन: प्रयास गर्न पाउने भएका छन्।
लगानीकर्ताको सहजताका लागि मेरो सेयरको प्रणालीमा असोज ११ गतेदेखि उक्त सुविधा उपलब्ध गराएको सीडीएससीले जनाएको छ।
मेरो सेयर प्रयोगकर्ताले यसअघि पासवर्ड बिर्सिएमा १० पटकभन्दा बढी प्रयास गर्न पाउँदैन थिए। १० पटकसम्म कोसिस गर्दा पनि पासवर्ड नमिले नयाँ पासवर्ड लिनुपर्ने हुन्थ्यो। अब भने लगानीकर्ताले आफ्नो पासवर्ड बिर्सिए वा अन्योल भए सय पटकसम्म कोसिस गर्न सक्ने भएका हुन्। सय पटकसम्म प्रयास गर्दा पनि नमिलेको खण्डमा भने वार्निङ आएर क्यान्सिल हुने सिडिएका प्रवक्ता सुरेश न्यौपानले बताए।यसअघिको व्यवस्थालाई पनि बढाएर ६ महिना पुर्याएको उनले जानकारी दिए। यसले पनि नियमित सक्रिय नरहने लगानीकर्तालाई सुविधा पुग्नेछ।