ताजा समाचार
Home / Headline / माननीय ज्यु के गरेको यस्तो ?

माननीय ज्यु के गरेको यस्तो ?

सुर्खेत। नेकपाका केन्द्रीय सदस्य तथा संघीय सांसद मोहन बानियाँले बल्याक मेलिङ गरेको समाचार बाहिरीएको छ। सांसद बानियाँले पदको दुरुपयोग गर्दै एक महिलाको मेसेन्जरमा अश्लिल तथा नग्न तस्बिरहरु पठाउने गरेको आरोप लागेको हो ।

सांसद बानियाँको उक्त क्रियाकलापको बारेमा शान्ति शाहीले आफनो फेसबुकवालमा उक्त रहस्य उघारेकी हुन्। शाहीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकी छन्, ‘माननीय ज्युले आफनो पदको दुरुपयोग गर्दै दुनियाँका चेलिबेटी महिलालाई अनाबश्यक अश्लिल तस्बिर पठाई घरमा फाटो ल्याई ज्यान जाने खतरामा पुर्याउनु के जायज हो ?

नेकपाका नेता बानियाँ भन्छन्, ‘मेरो चरित्र हत्या गर्ने काम भयो’
नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा मुगु जिल्लाका इन्चार्ज एवं प्रतिनिधि सभा सांसद मोहन बानियाँले आफूमाथि लागेको आरोप सरासर गलत भएको तर्क गरेका छन्। समाचारलाई लिएर सांसद बानियाँले आफूमाथि षड्यन्त्र पूर्वक चरित्र हत्या गर्न खोजिएको दाबी गरेका छन्।

उनले भने, ‘३९ वर्षे राजनीतिक जीवनमा मैले कसैलाई पनि नराम्रो दृष्टिले हेरिन। मानव हो सानातिना भूलहरु भए होलान्। त्यो आफ्नो ठाउँमा छ। तर, जुम्लाकी शान्ति शाहीसँग मेरो कुनै अनैतिक सम्बन्धका हिसाबले फेशबुकमा बोलिएको पनि होइन। कहिलेकाँही बोलचाल हुन्थ्यो। राम्रै सम्बन्ध हो। यसरी एक्कासी सामाजिक सञ्जालमा आएर लेखेको देख्दा मलाई पनि आश्चार्य लागेको छ।’

जुम्ला हिमा गाउँपालिका १ बस्ने शाहीले मंगलबार फेसबुकमा स्टाटस लेख्दै उक्त कुराको रहस्य उदघाटन गरेकी हुन्। उनले आफूलाइ ज्यान लिने अवस्थामा पुर्याएको समेत बताइएकी छन्।

जुम्ला हिमा गाउँपालिका ५ रुपाकोट आधारभुत बिद्यालयकी प्रअ समेत रहेकी शाहीले आफुलाई निरन्तर अनाबश्यक रुपमा मेसेन्जरमा अश्लिल तस्बिरहरु पठाउने गरेर मानशिक टर्चर दिएको बताएकी छन्। उनले त्यहि मेसेजका कारण श्रीमानको तनाब भोग्नु परेको जिकिर गरेकी छन्।

गत चैत्र ८ गते सांसद बानियलाई पारीबारीक रुपमा माफी माग्न अनुरोध गरेपनि उनले आलटाल गरेको बताएक छन्। उक्त बिषयमा सांसद बानियासंग सम्पर्क गर्दा उनले शो बिषयमा कुरा गर्न चाहेनन्। बानिया पुर्व एमालेबाट संघिय सांसद हुन्।

साभारः कुसेन्यु डटकम

Check Also

अदालतको आदेशपछि गभर्नरले पदबहाली गर्दै भने, ‘अदालतले पछि पनि न्याय दिनेमा विश्वस्त छु’

सर्वोच्च अदालतको आदेशपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पदबहाली गरेका छन् । अदालतले हिजो ...

Comments are closed.