ताजा समाचार
Home / विविध / नेकपाका वडा अध्यक्ष बलत्कारी हुन् की ज्यनमारा ?

नेकपाका वडा अध्यक्ष बलत्कारी हुन् की ज्यनमारा ?

नमुना विकास गरेर जनताको सुख दुखमा साथ दिने बाचा सहित निर्वाचित एक वडा अध्यक्ष जनप्रतिनिधीले नै भ्रष्टाचारको विरुद्ध आवाज उठाउने युवाहरुलाई मरणासन्न हुने गरी रामधुलाई गरेका छन् । कालिकोटा जिल्लाको राष्कोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नरजंङ शाहीको निर्देशन तथा उनकै भाइ र छोराको नेतृत्वमा स्थानीय युवाहरु कुटिएका हुन् ।

वडाध्यक्ष शाहीको निर्देशनमा स्थानीय ६ जना युवा मरणासन्न हुने गरी पिटिएका हुन् । जसमा दुई जनाको अवस्था गम्भीर रहेको छ । गत साउन १८ गते राजनीतिक शक्तिको दुरुपयोग गर्दै वडाध्यक्ष शाहीले ६ जनालाई कुटाएका हुन् । तीमध्ये कृष्ण शाही र प्रकाश शाही गम्भीर अवस्थामा अस्प्तालमा उपचाररत छन् ।

अन्य घाइतेहरुमा ललितबहाुर शाही, खगेन्द्र शाही, चिरञ्जीवी शाही र हिक्मत शाही रहेका छन् । कुटिनेमा चिरञ्जीवी, प्रकाश र कृष्ण नेपाल कम्युनिष्ट पार्टी नेकपा निकटका हुन् । ललित, खगेन्द्र र हिक्मत नेपाली कांग्रेस निकटका हुन् ।

पीडितका तर्फबाट प्रहरीमा किटानी जाहेरी दिँदा पनि उजुरी लिनलाई प्रहरीले मानेको छैन । नेकपा नेताले जाहेरी नलिन दबाब दिएको बुभिएको छ । प्रहरीले जाहेरी लिन नमानेको सन्दर्भमा बुझ्दा नेकपाभित्रको आन्तरिक मामिला भएकाले आफूहरुले आन्तरिक रुपमा मिलाउने भन्ने खवर आएकोले घटना दर्ता नगरिएको बताईएको छ ।

विगत लामो समयदेखि नगरभित्रको विकास र पारदर्शीताको आवाज उठाउँदै आएको भन्दै वडाध्यक्ष शाहीले ललितलाई मार्ने नै योजनाका साथ आक्रमण गरेको पिडितको दाबी छ । खानेपानी उपभोक्ता समिति गठनमा लापरबाही भएको र आफन्तको भर्ती केन्द्र बनाएपछि त्यसको विरोध गरेकाले त्यसकै प्रतिशोध स्वरुप ललितमाथि आक्रमण भएको एक पीडितकी आमाले बताइन् ।

घटना ललितमाथि नै गर्न खोजिएको भए पनि उनी स्वयं ब्ल्याक बेल्ट भएकाले उनलाई कम क्षति भएको छ यद्यपी उनको हात भाँचिएको छ । देउरा मालिकामा १८ गते दर्शन गर्न जाने क्रममा ललित लगायत युवाहरु पिटिएका थिए ।
पछिल्लो समय नेकपावाट निर्वाचित खाडाचक्र नगरपालिका र नरहरनाथ गाउपालिकाका दुई जना वडा अध्यक्षले स्थानीय युवतीलाई बलत्कार गर्दा समेत नेकपा नेतृत्व दोषिलाई कार्यबाहीको साटो जोगाउन लागे पछि नेकपाका वडा अध्यक्ष बलत्कारी हुन् की ज्यनमारा ? नेकपा नेताहरुको नियत माथि प्रश्न चिन्ह खडा भएको स्थानियवासी वताउछन् ।

Check Also

पोखरा आइपुगे बझाङका भेडाच्यांग्रा, एउटैको पर्छ ४८ हजार

बझाङका हिमाल भण्डारी पोखरामा दशैंको छेको पारेर भेडाच्यांग्रा ल्याएर बेच्न थालेको १५ भइसक्यो । सुरुसुरुमा ...

Comments are closed.