ताजा समाचार
Home / समाचार / ठिमीमा केमिकल कारखानामा आगलागी

ठिमीमा केमिकल कारखानामा आगलागी

भक्तपुर मध्यपुर थिमि नगरपालिका ६ निकोसेरास्थित युनाइटेड केमिकल प्रालिमा आगलागी भएको छ । सेनिटाइजर, साबुन, हार्डपिक, गिल्सरिन बनाउँदै आएको कारखानामा मंगलबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट कारखानाको टहरा पूर्णरुपमा क्षति भएको छ । जुद्ध बारुद यन्त्र भक्तपुर, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा आगो निभाइएको हो ।
आगलागीबाट ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्रालिका सञ्‍चालक एवं अभिभारा कृषि सहकारीका सल्लाहाकार हरि दाहलले बताउनु भयो ।

Check Also

इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका 

इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा ...

Comments are closed.