युवा लेखिका रिमा भट्टराईद्वारा लिखित अनुभव संग्रह मेरो बुवा कृति एक समारोहको बिच युवा परिषद्को हल सानोठिमीमा पुर्व मन्त्री एवं महिला नेतृ उर्मिला अर्यालले विमोचन गर्नु भएको छ ।
विमोचन समारोहमा बोल्दै पुर्व मन्त्री नेतृ अर्यालले नेपाली समाजमा परिवर्तनको लहर चले पनि लेखन क्षेत्रमा भने पुरानै प्रवृति हावि भएकाले नयाँ श्रृजना अहिलेको आवश्यकता रहको बताउनु भयो । लेखिकाले नयाँ सोचका साथ समाजिक विकृति, विसंगतिमा लिप्त युवाहरुलाई प्रहार गर्नुका साथै सचेतन मनकासाथ अगाडी बढ्न पुस्तकमा प्रेरणा दिनु भएकोले, कुनै पनि ब्यक्तिको सफलताको मापक परिवार त्यसमा पनि आमा र बुवाको ठुलो हात रहने कुरा बर्तमान र भविश्यमा बन्ने आमा बुवाहरुलाई पनि एक प्रेरणाकोरुपमा यो पुस्तक रहेको उल्लेख गर्नु भयो ।
आफुहरुको उतिवेलाको समयमा असाध्यै रुढीवादी सोच राख्ने समाज भएको हुदा हरेक प्रगतिका पाईलाहरुमा संघर्ष गर्नु परेको बताउदै उहाले भन्नुभयो, अहिलेको पुस्ताले त्यति संघर्ष गर्नु नपरेको बताउदै मान्छेहरुमा यस्ता सर्जकहरुकै कारण चेतनाको स्तर वृद्धि हुदै आएको छ, त्यसमा यस कृतिले ऐतिहासिक महत्व राख्नुका साथै अन्य युवाहरुलाई पनि यस कृतिले झकझकाउने मात्र नभै आफुले पनि अब एउटा संस्मरणको लेखन सुरु गर्ने बताउनु भयो ।
त्यसै गरी उक्त समारोहमा शुभकामना मन्तब्य दिदै उमा भट्टराइ र रन्जिता भट्टराइले परिवारको शक्तिले नै विश्वमा प्रत्येक मान्छे सफल र असफल सावित हुने भएकाले लेखिका अब सफलताको मार्गमा हिड्ने यात्री बनेकोमा आफुहरुको पुर्ण सहयोग रहने बताउनु भयो । त्यसै गरी उद्घोषक भागिरथ पोखरेल र समाजसेवी तथा राजनीतिज्ञ नबिन्द्र थिङले रिमाले कलिलो उमेरमा नै लेखनको सुरुवाद गरेकोमा बधाई दिदै यो लेखन परिष्कृत गरेर समाज र देशकोलागि सर्मपण गर्न सुझाव समेत दिनु भयो ।
युवा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष नारायण गिरीले युवा परिवर्तनको संवाहक भए पनि राज्यले पहिचाहन गर्न नसकेको बताउदै लेखिकाले आफ्ना अनुभवहरु बाड्दै नमुना परिवारसंगै उत्कृष्ट सन्तान बन्नकालागि असन्तोषि युवाहरुलाई सोच्न बाध्य बनाएको बताउनु भयो ।
समारोहकी अध्यक्ष तथा लेखिका भट्टराइले लकडाउनको समयमा लेखिएको उक्त पुस्तकले समयको सहि सदुपयोग गर्न र समाजमा रहेका विभिन्न कुराहरु अनुभुतिकोरुपमा र परिवारिक वातावरणलाई प्रेरणाकोरुपमा लिदै यो आफ्नो पहिलो कृति अनुभुति र प्रेरणाको बेजोड संगम रहको दाबी गर्नु भयो ।