ताजा समाचार
Home / शिक्षा/स्वास्थ्य / कालिकोट टेक्नीकल फोरम र समाजसेवी युवाहरुद्वारा ७५जना मजदुरलाई खाना वितरण

कालिकोट टेक्नीकल फोरम र समाजसेवी युवाहरुद्वारा ७५जना मजदुरलाई खाना वितरण

काठमाण्डौं /कालिकोट टेक्नीकल फोरमले काठमाण्डौं उपत्याकामा लकडाउनले सडक बास भएका ७५ जना मजदुरहरुलाई आज खाना खुवाएको छ ।

कालिकोट जिल्लावाट स्वास्थ्य तथा विभिन्न प्राविधिक क्षेत्रमा रहेर काठमाण्डौं उपत्याकामा कार्यरत प्राविधिकहरुको संस्था कालिकोट टेक्नीकल फोरम र समाजसेवी युवाहरु विमल पन्त, अविरल खेम र मिलन कुमार वोगटीले लकडाउनमा फसेर कालिकोट फर्कदै गरेका एक दिन देखी भोका मजदुरहरलाई नागढुंगा सडकमै लगेर खाना वितरण गरीएको फोरमका अध्यक्ष प्रकाशजंग शाहीले बताउनु भयो ।

फोरमका अध्यक्ष शाही तथा युवा गैर सरकारी संस्था महासंघ नेपालका केन्दीय अध्यक्ष नारायण गिरीको पहलमा हिजो साझ सडक मार्ग हुदै भक्तपुरवाट हिडेका मजदुरहरु नागढुंको खोलामा भोकै बसेको अवस्थामा प्याक खाना लगेर खुवाएको हो । कालिकोटका स्थानीय निकायले मजदुरहरुलाई फर्किन व्यवस्था गरेको बस समयमै नआउदा आफुहरु हिजो देखी खाना नपाएर सडकमै बस्नु परेको पचालझरना गाउपालिका ८ का प्रदिप सार्कीले बताउनु भयो, उहाले भन्नु भयो पहिला पनि खाना समस्या भए पछि उहाहरु भक्तपुरमै सहयोग गर्न आउनु भएको थियो ।

फोरम लगायत विभिन्न समुहले यो भन्दा अगाडी पनि कर्णालीका अलपत्र मजदुरहरु काम गरीरहेको क्षेत्रमा स्थानीय निकाय मार्फत राहतको लागि जादा वेवास्था गरेपछि कर्णालीका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीको सहजिकरणमा, युवा नेता वकिल वम, पत्रकार धनराज वास्तविक, युवा महासंघका अध्यक्ष नारायण गिरीको सक्रियतामा काठमाण्डौको रामकोट, मुलपानी, भक्तपुर क्षेत्रवाट एकासी जना ज्यामीहरुलाई खाद्यन्न सामाग्री वितरण गरी उनीहरुको दैनीकी सहज बनाउन पहल गरिएको थियोे ।

कुनै पनि मान्छे लकडाउनले खाना खानवाट विमुख हुन नपरोस भनेर हामीले चैत्र १८ गते देखी यो निशुल्क खाना दुई देखी तीन सय व्यक्ति सम्मलाई प्रति दिन उपलब्ध गराउदै आएका छौ । फोरमका सचिव मिलन कुमार बोगटीले भन्नु भयो अहिले सम्म छ हजार भन्दा बढी ब्यक्तिलाई खुवाई सकेका छौ । सानै भए पनि यो पहल गरेका हौ, तपाईहरु कसैलाई समस्या परि खाना आवश्यक भएमा हामीलाई खवर गर्नु होला हामी सक्दो सहयोग गर्ने छौ ।

Check Also

ओमिक्रोन भेरियन्ट र रुघाखोकीको लक्षण मिल्दोजुल्दो : अध्ययन

१२ पुस, काठमाडौं । हाल विश्वव्यापी बनिरहेको कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टका लक्षण यसअघिका भेरियन्टभन्दा ...

Comments are closed.