पूर्वराजा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी पक्षबाट भैरहेको कामको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
“लकडाउन बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि छैन”
कोरोनाले मानव सभ्यतामा चुनौती
कोरोनाले मानव समुदायमा त्रास र सभ्यतामाथि नै चुनौती दिएको पूर्वराजाको ठम्याइ छ ।
पूर्वराजाले वक्तव्य जारी गर्दै भनेका छन्, ‘विश्वमा अहिले देखापरेको कोरोना भाइरसको महामारीले सिंगो मानव सभ्यता र विकासलाई नै गम्भीर चुनौती दिएको हामीले ठानेका छौं । देश र जनतामा यस महामारीले भय र संत्रास पैदा गराएको छ ।’
मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहलप्रति सम्वेदनशील हुँदै हामी सबैले आ-आफ्नो ठाउँ र क्षमताबाट केही न केही योगदान पुर्याउनु अनिवार्य भैसकेको शाहको भनाइ छ ।