ताजा समाचार
Home / Headline / विश्वकप फुटबल : यस्ता छन् क्वार्टरफाइनल पुग्ने टिम

विश्वकप फुटबल : यस्ता छन् क्वार्टरफाइनल पुग्ने टिम

कतारमा जारी विश्वकपमा ६४ मध्ये ५६ खेल सकियो । अब ८ खेल बाँकी छ । खेल थोरै बाँकी भएपनि विश्वकप झन् रोमाञ्चक बन्दैछ ।

टिम संख्या घट्दैछ । अब कसले जित्ला उपाधि भन्ने कौतुहलता झन् बढेको छ । के यसपटक नयाँ टिम बिजेता होला वा पुरानै टिमले उपाधि थप्लान् ? त्यसका लागि पुस ३ गतेसम्म कुर्नुपर्नेछ ।

यस पटक विश्वकपका खेलहरु रोमाञ्चक बन्दैछ । अनपेक्षित नतिजाहरु आए । नतिजा पूर्वानुमान गर्न गाह्रो भयो । विश्व विजेताहरु समेत स्तब्ध भए ।

दुई पूर्व विजेता जर्मनी र उरुग्वे समूह चरणबाटै घर फर्किँदा अर्का पूर्व विजेता स्पेन अन्तिम १६ बाट बाहिरियो । मोरक्को पहिलो पटक क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो । क्वार्टरफाइनल पुग्ने अन्य टिम भने पुरानै रहे ।

Check Also

अर्को अप्रत्याशित नतिजाको लक्ष्यमा जापान र दक्षिण कोरिया

समूह चरणमा जस्तै क्रोएसिया विरुद्ध खेल्दा पनि जापानले सामुराई स्प्रीटका साथ खेल्ने छ । जापानलाई ...

Comments are closed.