ताजा समाचार
Home / Headline / पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

१५ जेठ, काठमाडौं ।  पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । १९ यात्रु सहितको जहाजमा ३ जना चालक दलका सदस्य पनि छन् ।

तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।

Check Also

क्यान्सर विजेताहरुको तेस्रो ‘र्‍याम्प वाक’ पोखरामा हुँदै

क्यान्सर विजेताहरुको तेस्रो र्‍याम्प वाक पोखरामा हुने भएको छ । नेपाल क्यान्सर सपोर्ट ग्रुप र ...

Comments are closed.