ताजा समाचार
Home / Headline / युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

 लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ।

सबै खाले प्रतियोगितामा गरेर लगातार ६ खेलमा गोलविहीन भएका सलाहले मंगलबार राति युनाइटेड विरुद्ध दुई गोल गर्नुका साथै लुइस डियाजको गोलका लागि असिस्ट समेत गरे ।

घरेलु मैदान एनफिल्डमा सलाहले २२औं र ८५औं मिनेटमा गोल गरे । दोस्रो गोल गरेपछि इजिप्टका सलाह प्रिमियर लिगमा एकै सिजन युनाइटेड विरुद्ध ५ गोल गर्ने पहिलो खेलाडी बने ।

यसअघि ओल्ड ट्राफोर्डमा युनाइटेडलाई लिभरपुलले ५-० ले पराजित गर्दा सलाहले ह्याट्रिक गरेका थिए ।

सलाहले कहिलेकाहीँ भाग्यले साथ नदिने भन्दै टिमले जित्नु महत्वपूर्ण कुरा रहेको बताएका छन् । उनले टिमले जित्दा आफूलाई कुनै चिन्ता नहुने बताए ।

Check Also

धमाधम घोषणा हुँदै लाभांश, अहिलेसम्म कुन–कुनले कति गरे प्रस्ताव ?

 नेप्सेमा सूचीकृत ३० कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा ...

Comments are closed.