१७ पुस, काठमाडौं । रोड्रीले इन्जुरी टाइममा गोल गरेपछि लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार दश खेलाडीमा सीमित आर्सनलमाथि २-१ को पुनरागमन जित हात पारेको छ ।
आर्सनलले घरेलु मैदानमा अग्रता लिएर पनि कायम राख्न सकेन । ३१औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको सिटीले दोस्रो हाफमा दुई गोल फर्कायो ।
2pyramidal