ताजा समाचार
Home / Headline / नेपाल ल्यूव आयलको असोज १८ गते एजीएम, ३५% लाभांश प्रस्ताव

नेपाल ल्यूव आयलको असोज १८ गते एजीएम, ३५% लाभांश प्रस्ताव

नेपाल ल्युव आयल (NLO) ले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले असोज १८ गते सोमबार बिहान ११ः३० बजे संस्थाको कार्यालय झम्सिखेल ललितपुरबाट भच्र्युअल माध्यममा २९ औं वार्षिक साधारण सभा बोलाएको हो।

साधारण सभाले सञ्चालक समितिले सिफारिस गरेको ३० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश शेयरधनीहरुका लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ। त्यस्तै, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

यसैगरी, साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनी आय विवरण, नगद प्रवाहलगायतका बिषयमा छलफल गरी पारित गर्दैछ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ५ गतेदेखि १८ गते सम्म बुक क्लोज गर्ने जनाएको छ। त्यस अनुसार असोज ४ गते सम्म कायम शेयरधनीले कम्पनीको लाभांश पाउनेछन्।

Check Also

युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

 लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ...

Comments are closed.