ताजा समाचार
Home / Headline / पशुपतिमा तीजका व्रतालुको भीड

पशुपतिमा तीजका व्रतालुको भीड

हरितालिका तीजको व्रत बसेका व्रतालुको बिहानैदेखि देशभरका शिवालयमा भीड लागेको छ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शिवालयमा व्रतालुको भीड लागेको हो। विशेषगरी महिला व्रतालु सौभाग्यको प्रतीक रातो पहिरनमा सजिएर शिवालयमा पूजा आराधनाका लागि पुगेका छन्। पशुपतिनाथ मन्दिर बन्द गरिए पनि पशुपति क्षेत्रमा बिहानैदेखि महिला जम्मा हुन थालेका छन्।

पशुपतिनाथको मूल मन्दिर नखुले पनि पशुपति क्षेत्रमा रहेका अन्य शिवलिङ्गमा पूजा आराधनाका लागि भक्तजन जम्मा भएका हुन्।

मूल मन्दिर नखुले पनि बाहिरबाट पशुपतिनाथको गजुर दर्शन गर्न आउने भक्तजन धेरै हुने गरेका छन् । यद्यपि पशुपति क्षेत्रमा कोरोना कालअघिको तीजको जस्तो रौनक छैन।

Check Also

अदालतको आदेशपछि गभर्नरले पदबहाली गर्दै भने, ‘अदालतले पछि पनि न्याय दिनेमा विश्वस्त छु’

सर्वोच्च अदालतको आदेशपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पदबहाली गरेका छन् । अदालतले हिजो ...

Comments are closed.