ताजा समाचार
Home / शिक्षा/स्वास्थ्य / विद्यालयमै थन्कियो चीनले दिएको कृषि उपरकण

विद्यालयमै थन्कियो चीनले दिएको कृषि उपरकण

उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रका किसानलाई लक्षित गरी छिमेकी देश चिनले उपलब्ध गराएको यान्त्रिक कृषि उपकरण विगत एकवर्षदेखि लोमान्थाङको एक विद्यालयमा नै थन्किएको छ। सीमावर्ती क्षेत्र लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापा अन्तर्गतका किसानलाई चिनले ‘एक घरधुरी एक उपकरण’ स्वरुप ६ सय ५० थान घासा काट्ने यान्त्रिक उपकरण (रिफर) उपलब्ध गराएको थियो।

चीनको स्वशासित क्षेत्र तिब्बतले उपल्लो मुस्ताङको दुई स्थानीयतहलाई यान्त्रिक कृषि उपकरण हस्तान्तरण गराएको थियो। उपकरण हस्तान्तरणपछि लोघेरक दामोदरकुण्ड पालिकाले सम्बन्धित किसानलाई कार्ययोजना बनाएर किसानलाई वितरण गरिसकेको छ। तर लोमान्थाङले भने प्राप्त उपकरण किसानलाई वितरण नगरी विद्यालयमा राखेको छ।

लोमान्थाङ गापाले पालिकाको छोसेर स्थित दिव्यदीप माविको प्रोग्राम हलमा आफ्नो भागमा परेको ३ सय २५ थान घास काट्ने उपकरण राखेको थियो। कोरोना संक्रमणको पहिलो लहरको बेला सो विद्यालयको शैक्षिक पठन-पाठन बन्द समेत बन्द रहेकाले प्राप्त चिनिया उपकरण विद्यालयमा थन्क्याएको थियो। पालिकाले एक वर्षदेखि थन्क्याएको कृषि उपकरण कृषकलाई वितरण नगरी विद्यालय हातामै राखेको छ।

उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रका स्थानीयलाई बर्सेनि विभिन्न राहत सामाग्री सहयोग गर्दै आइरहेको छ। सीमावर्ती क्षेत्रका बासिन्दासँग प्रगाढ सम्बन्ध विस्तार गर्ने उद्देश्यले चिनले पटक-पटक राहत उपलब्ध गराउने गरेको छ। कोरोना माहामारी अवस्थामा चिनले पटक-पटक कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री र खाद्यान्न लगायतका सामाग्री उपलब्ध गराएको थियो। यस्तै श्रावणको पहिलो हप्तामा लोमान्थाङका पालिकाका प्रत्येक घरधुरीले लाखौं मुल्य बराबरको राहत सामाग्री दिएको थियो।

Check Also

ब्याजदर घटाउने गरी आयो मौद्रिक नीति समीक्षा, स्प्रेड रेट तल झर्यो, सेयर बजारलाई पनि फाइदा

काठमाडौं : केन्द्रीय बैंकले ब्याजदर घटाउने गरी मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ...

Comments are closed.