सप्तरी सुरुंगा नगरपालिका–७ पोखरियाकी २० वर्षीया दलित युवतीले प्रेमविवाह अस्वीकार भएपछि आत्महत्या गरेकी छन् । दलित भएकाले केटाका परिवारले विवाह अस्वीकार गरेको र स्वयं केटाले होटेलमै छोडेर गएको डेढ महिनापछि गत शनिबार बिहान ९ बजे घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन् ।
ज्योतीका बुबा प्रमोद पासवानले आत्महत्या दुरुत्साहन र जातीय भेदभाव तथा कसुर सजाय ऐन, २०६८ अनुसार कारबाही गर्न उजुरी दिने तयारी गरेका छन् । इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले घटनाबारे अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘कानुनअनुसार कारबाही गर्न हामीले प्रक्रिया अघि बढाइसकेका छौँ ।’