ताजा समाचार
Home / Headline / बिहीबार राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

बिहीबार राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

बिहीबारदेखि राति ८ बजेपछि काठमाडौँ उपत्याकामा सवारीसाधन सञ्चालन गर्न नपाउने भएका छन् ।

कोरोना भाइरस संक्रमण थप फैलन नदिन उपत्याकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

“कोरोना बढिरहेको अवस्थामा रोकथामका लागि यस्तो निर्णय गरिएको हो । ८ बजेभित्र सबै गाडीहरु गन्तब्यमा पुगिसक्नुपर्नेछ । अन्य कुरा सबै यथावत नै छ । अत्यावस्यक सवारी भने चलाउन पाइनेछ ” भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद ।

तर अर्थतन्त्रलाई चलायमान राख्‍न निषेधाज्ञालाई कडाइ गर्ने कुनै योजना नभएको भट्टराईले बताए । पछिल्लो समय काठमाडौँ उपत्याकामा कोरोना संक्रमण तिब्र रुपमा बढ्न थालेपछि सरकारले सबै नागरिकलाई सावधान रहन आग्रह गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि भिडियो सन्देश जारी गर्दै अत्यावस्यक काम वाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।

Check Also

युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

 लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ...

Comments are closed.