ताजा समाचार
Home / कला/खेल / ईपीएल असोज ९ देखि काठमाडौंमा

ईपीएल असोज ९ देखि काठमाडौंमा

एभरेस्ट प्रिमियर लिग(ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता असोज ९ गतेदेखि हुने भएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा असोज ९ गतेदेखि १४ दिन प्रतियोगिता सञ्चालन हुने जनाएको हो । प्रतियोगितामा नेपालका उद्योगपतिहरुको स्वामित्वमा रहेका फ्रेन्चाइजहरु रहेका छन् । टोलीहरुको नाम विराटनगर वारियर्स १९ पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्लेडिएटर्स रहेका छन् ।

यसपटक शाहिद अफ्रिदी पाकिस्तान, शोएब मलिक, कार्लोस ब्रेथवेट जस्ता स्टार खेलाडीहरुको समेत प्रतियोगितामा प्रदर्शन हेर्न पाइने छ ।

Check Also

‘प्रेमगीत ३’ को हिन्दी डबलाई सञ्चार मन्त्रालयले दियो नेपाली फिल्मको मान्यता

 सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको ठहर गरेको ...

Comments are closed.