ताजा समाचार
Home / कला/खेल / अबको साफ च्याम्पियनसिप माल्दिभ्समा

अबको साफ च्याम्पियनसिप माल्दिभ्समा

अबको साफ च्याम्पियनसिप माल्दिभ्समा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघको सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । प्रतियोगिताको आयोजनाका लागि दाबी पेस गर्नेमा नेपाल र भारत पनि रहेको थियो ।महासंघको निर्णय अनुसार प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म हुनेछ । यसअघि बंगलादेशले आयोजना गर्ने तय रहेको प्रतियोगिता कोभिड १९ का कारण हुन गर्न नसक्ने भएको थियो ।

नेपालले आयोजना गर्ने सम्भावना बलियो रहेता पनि महासंघ माल्दिभ्सको पक्षमा रह्यो । माल्दिभ्स प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो । नेपालले भने प्रतियोगितामा सहभागिताका लागि तयारी सुरु गरिसकेको छ ।

Check Also

राष्ट्रिय क्रिकेटरको पारिश्रमिक बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक बृद्धि गरेको छ ...

Comments are closed.