ताजा समाचार
Home / शिक्षा/स्वास्थ्य / एण्ड जोन्सन भ्याक्सिन डेल्टा भेरियन्टबिरुद्ध मृत्यु रोक्न ९६ प्रतिशत प्रभावकारी

एण्ड जोन्सन भ्याक्सिन डेल्टा भेरियन्टबिरुद्ध मृत्यु रोक्न ९६ प्रतिशत प्रभावकारी

साउथ अफ्रिकामा गरिएको अध्ययनमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन डेल्टा भेरियन्टबिरुद्ध अस्पताल भर्ना हुनेगरी सिकिस्त हुने अवस्था रोक्न ७१ प्रतिशत र मृत्यु रोक्न ९६ प्रतिशत प्रभावकारी दिएको छ । ४ लाख ८० हजार स्वास्थ्यकर्मीहरुबीचको परीक्षणमा कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिन डेल्टा भेरियन्टबिरुद्ध उच्च प्रभावकारी देखिएको छ ।

यो भ्याक्सिनको डेल्टा भेरियन्टबिरुद्धको प्रभावकारिताबारे यो स्तरको सबैभन्दा ठूलो अध्ययन पहिलो हो । यो अध्ययनले जोन्सन एण्ड जोन्सन भ्याक्सिनको प्रभावकारिताबारे उठेका कैयन प्रश्नको जवाफ प्राप्त भएको छ । एकडोजमात्र लगाए पुग्ने यो भ्याक्सिनको प्रभावकारिता अहिलेसम्म ८ महिनासम्म कायम रहेको अध्ययनको निष्कर्ष छ ।

यो अध्ययनको परिणामबाट जोन्सन एण्ड जोन्सन भ्याक्सिनको बुस्टर शट आवश्यक नभएको देखिएको अध्ययन परीक्षणको सह नेतृत्व गरेकी ग्लेण्डा ग्रेले बताएकी छिन् । उनी साउथ अफ्रिकन मेडिकल रिसर्च काउन्सिलकी अध्यक्ष समेत हुन् । साउथ अफ्रिकाको भ्याक्सिन कार्यक्रममा जोन्सन एण्ड जोन्सन भ्याक्सिन मुख्य भ्याक्सिन हो ।

गत महिना अमेरिकामा गरिएको एक अध्ययनमा जोन्सन एण्ड जोन्सनले डेल्टा भेरियन्टबिरुद्ध तुलनात्मक रुपमा कम एन्टीबडी उत्पादन गरेको पाइएको थियो । विज्ञहरुबाट पुनरावलोकन नगरिएको उक्त अध्ययनमा एन्टीबडीको मात्रालाईमात्र मापक बनाइएको थियो ।

Check Also

युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

 लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ...

Comments are closed.