ताजा समाचार
Home / Headline / सरकारले भन्यो- अब अक्सिजनको ठूलो समस्या हुँदैन
Equipment medical Oxygen tank and Cylinder Regulator gauge.Control pressure oxygen gas for care a patient respiratory disease and emergency CPR at Hospital.Close up focus on fish pond background.

सरकारले भन्यो- अब अक्सिजनको ठूलो समस्या हुँदैन

सरकारले अब अक्सिजनको ठूलो समस्या नहुने बताएको छ। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको सिसिएमसी बैठकमा भएको  छलफलबारे जानकारी दिँदै पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अब अक्सिजनको ठूलो समस्या नहुने बताए।

हामीले चीन र ओमनबाट सिलिन्डर  मगाएका छौं। भारतसँग पनि थप अक्सिजन आपूर्तिबारे कुरा भइरहेको छ। त्यसैले अक्सिजनको त्यति ठूलो समस्या हुँदैन,’ उनले भने।

मन्त्री ज्ञवालीले अक्सिजन अभावको समस्यालाई विस्तारै समाधान गरिरहेको भन्दै अब देशभरिका अक्सिजन उद्योगलाई पूर्ण क्षमता सञ्चालन गरिने जनाए। त्यसरी शतप्रतिशत क्षमतामा सञ्चालन हुने उद्योगलाई विद्युत महशुलमा छुट दिने निर्णय पनि भएको उनले बताए।

मन्त्री ज्ञवालीले गएको दुई साता नेपालका लागि निकै कठिन समय भएको बताउँदै अब भने त्यो स्थिति विस्तारै कम हुँदै गएको जनाए।

आजको सिसिएमसी बैठकले कोरोना भाइरसको संक्रमणविरूद्ध लड्न थप कानुनी संरचना आवश्यक रहेको निश्कर्ष निकालेको छ।

Check Also

क्यान्सर विजेताहरुको तेस्रो ‘र्‍याम्प वाक’ पोखरामा हुँदै

क्यान्सर विजेताहरुको तेस्रो र्‍याम्प वाक पोखरामा हुने भएको छ । नेपाल क्यान्सर सपोर्ट ग्रुप र ...

Comments are closed.