ताजा समाचार
Home / Headline / टिकटकलाई चुनौती दिन युट्युव शर्ट्सको आक्रामक कदम, अब क्रिएटरले भिडिओबाटै पैसा कमाउन सक्ने

टिकटकलाई चुनौती दिन युट्युव शर्ट्सको आक्रामक कदम, अब क्रिएटरले भिडिओबाटै पैसा कमाउन सक्ने

विश्वकै सबैभन्दा ठूलो भिडिओ प्लेटफर्म युट्युवले ‘युट्युव शर्टस फण्ड’ घोषणा गरेको छ । यसअन्तर्गत कम्पनीले ल्याएकाे शर्ट भिडिओ शेयरिङ प्लेटफर्म शर्ट्स प्रयोग गर्ने क्रिएटरहरूले कूल १० कराेड डलर पाउनेछन् ।

धेरै इंगेजमेन्ट र भ्युज पाएका युट्युव शर्टसका क्रिएटरले याे फण्डबाट आम्दानी गर्न सक्ने बताइएकाे छ । टिकटकको प्रतिस्पर्धीको रुपमा कम्पनीले विकास गरेको युट्युव शर्ट्सलाई लोकप्रिय बनाउन यस्तो योजना ल्याइएको हो ।

कम्पनीले २०२१ को सेप्टेम्बरबाट यो कार्यक्रमको सुरुवात गर्ने र २०२२ सम्म यसलाई निरन्तरता दिने जनाएकाे छ ।

वास्तवमा क्रिएटरले कति कमाउँछन् भन्ने कुरा उनीहरूकै गतिविधिमा भर पर्नेछ । युट्युवका अनुसार मासिक आधारमा क्रिएटरहरुले आम्दानी गर्न सक्छन्, जसमा उनीहरूका पाेस्ट वा कन्टेन्टमा भएको इंगेजमेन्ट र भ्युजका आधारमा रकम तय हुन्छ ।

यसकाे अर्थ हजारौं क्रिएटरले युट्युव शर्ट्सबाट आम्दानी गर्न सक्नेछन् । यसका लागि कम्पनीले कन्टेन्ट ओरिजिनल हुनुका साथै युट्युवको कम्युनिटी गाइडलाइन अनुसार हुनुपर्ने जनाएको छ ।

कम्पनीले युट्युव शर्ट्सका लागि अहिले मनिटाइजेशनको परीक्षण पनि गरिरहेको छ । हाल भारत र अमेरिकामा मात्र सार्वजनिक भएकाे याे प्लेटफर्म अन्य देशमा पनि चाँडै विस्तार गर्ने तयारी कम्पनीकाे छ ।

Check Also

युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

 लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ...

Comments are closed.