एप्पलले अबको दुई वर्षभित्र पहिलो फोल्डेबल फोन ल्याउने तयारी गरिरहेको छ।
एप्पलले फोल्डेबल फोन उत्पादन गर्ने हल्ला यसअघि पनि फैलिएको थियो। विश्लेषक मिङ–ची कुओले कम्पनीले आफ्नो पहिलो फोल्डेबल फोन यही वर्षको मार्च तिर बन्न सक्ने जानकारी दिएका थिए, तर हालै सार्वजनिक भएको रिर्पोटले यसको सार्वजनिक मिति पछि सरेको हो।
आउँदो फोल्डेबल आइफोनको डिस्प्लेमा सिल्भर नानोवाइर टच सोलुसन प्रयोग गरिने छ। यो डिस्प्ले टेक्नोलोजी फोनको एउटा फोल्डमाभन्दा बढीमा समर्थन गर्ने भएकोले भविष्यमा उत्पादन हुने फोल्डेबल फोनहरुमा पनि आवश्यक पर्न सक्ने म्याकरुमर्सले बताएको छ।
कम्पनीको उद्योग सर्वेक्षणमा आधारित रिर्पोटले एप्पलले सन् २०२३ मा करिब दुई करोड फोल्डेबल फोन बेच्ने योजना गरेको छ।
केही वर्षमै फोल्डेबल फोन ठूला स्मार्टफोन ब्रान्डका पहिलो सूचीमा हुने र यो प्रतिस्पर्धामा एप्पल नै अघि हुनसक्ने कुओले अनुमान गरेका छन्।
यसबाहेक अन्य स्मार्टफोन कम्पनी भिभो, ओपो, साओमी र हनरले पनि अर्को वर्षतिर फोल्डेबल फोन सार्वजनिक गर्ने सक्ने म्याकरुमर्सले लेखेको छ।